सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सात वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ

मङ्गलबार, १८ साउन २०७३, २३ : ५५
मङ्गलबार, १८ साउन २०७३
खोटाङ – सात वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खोटाङका एक युवालाई प्रहरीले पक्राउ परेको छ । घरनजिकै खेल्दै गरेकी बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खिदिमा–१ का १८ वर्षीय बबिन राई पक्राउ परेका हुन् । पक्राउ परेका राईविरुद्ध जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । उनका अनुसार पक्राउ परेका राईले बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् । बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । राईले गत साउन–१५ गते बेलुका बालिकालाई बलात्कार गरेको जनाइएको छ । बेलुकाको समयमा बालिका रुँदै घरमा गएपछि सोधपुछ गर्दा बलात्कृत भएको थाहा पाइएको पारिवारिक स्रोतले जनाएको छ । बालिका बलात्कृत भएपछि साउन–१६ गते इलाका प्रहरी कार्यालय मात्तिममा उजुरी परेको थियो । उजुरी परेपछि खटिएका प्रहरी टोलीले राईलाई साउन १७ गते बेलुका घरैबाट पक्राउ गरिएको प्रनाउ माझीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप