सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच निर्णयक छलफल हुँदै

बुधबार, १९ साउन २०७३, ०७ : ३७
बुधबार, १९ साउन २०७३

काठमाडौँ – मंगलबार दिनभरको छलफलबाट सहमति जुट्न नसकेको अवस्थामा बुधबार बिहान नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनलगायत विषयमा निर्णायक छलफल हुँदैछ । छलफल बिहान ८ बजे नयाँ बानेश्वरमा डाकिएको छ ।

तीनपक्षबाट गठित कार्यदलबीच मंगलबार साँझसम्म भएको वार्तामा मस्यौदाको केहि बुँदामा सहमति जुट्न बाँकी र आज बिहानको शीर्ष नेताको बैठकले अन्तिम टुङ्गो लगाइने कार्यदलका सदस्य एवम् काँगे्रस नेता विमलेन्द्र निधिले बताए ।

मोर्चाका तर्फबाट कार्यदलका सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले केही शब्दावलीमा रहेको विवाद आजको बैठकबाट टुंग्याइने बताए ।

तीन पक्षबीच कुरा नमिलेको भन्ने प्रचार गलत भएको दाबी गर्दै उनले आज सहमतिमा हस्ताक्षर हुनेमा बताए ।

तीन दलबीच मधेस आन्दोलनको क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, घाइतेको उपचार र उचित क्षतिपुर्ति दिने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनेलगायत मोर्चाले उठाउँदै आएका माग सम्बोधन गर्ने र मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने मौखिक सहमति भएको भनिएपनि अन्तिम समयमा आएर त्यसलाई अन्तिम रुप दिने क्रममा नेताहरुबीच विवाद भएको थियो ।

आजको बैठकमा सहमति नभए मधेसी मोर्चाले प्रचण्डको पक्षमा मतदान नगर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री निर्वाचन ११ बजे तोकिएकाले सो अघि नै दलहरुबीच सहमति बन्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप