सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री चयन गर्न संसद बैठक ११ बजे बस्दै

बुधबार, १९ साउन २०७३, ०८ : ०७
बुधबार, १९ साउन २०७३
काठमाडौं – प्रधानमन्त्री चयनका लागि बुधबार बिहान ११ बजेको लागि व्यवस्थापिका संसद बैठक बोलाइएको छ । संसदबाट प्रधानमन्त्रीका एक्ला उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित हुने पक्कापक्की छ । नयाँ प्रधानमन्त्री चयनका लागि एमालेले कुनै उम्ममेद्वार खडा नगरेपछि प्रचण्ड एक्ला उम्मेद्वार बने बने । व्यवस्थापिका–संसद् सचिवालयले मंगलबार प्रकाशन गरेको सूचनाअनुसार प्रचण्डको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका छन् भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका छन् । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईकेलका अनुसार अध्यक्ष प्रचण्डको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जननाएका छन् । यद्यपी मधेसी मोर्चासँगको बनिसकेको भनिएको सहमति पनि बीचमा विवादित बन्दा उसले भोट हाल्ने या नहाल्ने भन्नेमा टुंगो लागेको छैन । समर्थक भएपनि सहमति जुटिनसकेकालाले मोर्चाले भोट हाल्ने नहाल्ने टुंगो लागि सकेको छैन । तर मोर्चाले भोट नहाले पनि प्रचण्डको पक्षमा बहुमत पुग्छ । मोर्चाले समर्थन जनाएको खण्डमा प्रचण्डको पक्षमा ३५८ मत पुग्ने देखिएको छ भने भोटिङ हुने बेला सम्ममा सा तथ्यांक बढ्न सक्ने नेताहरुले बताएका छन् । मोर्चासहितलआई गन्दा काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद एक गरी जम्मा ३५८ सांसदले प्रचण्डलाई समर्थन जनाउने छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ । संसद्मा हाल ५९५ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप