सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालले अन्तत: प्रचण्डलाई भोट नहाल्ने भयो

बुधबार, १९ साउन २०७३, ०९ : ४६
बुधबार, १९ साउन २०७३

काठमाडौं –अन्ततः राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेको छ । राप्रपा नेपालको बुधबार बिहान सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । यसअघि राप्रपा नेपालमा सरकारमा जाने या नजाने भन्ने विषयमा तीव्र विवाद हुँदै आएको थियो ।

राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले  सत्तामा जाने अवसर प्राप्त भएपनि पार्टीले  आदर्श र निष्ठाको बाटो राजेको बताए ।   पार्टी सरकारमा नजाँदा पार्टी थप सुद्धिढ ढंगले अघि बढ्ने उनले दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप