सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डको गृह जिल्लामा दीपावली

बुधबार, १९ साउन २०७३, २१ : ४२
बुधबार, १९ साउन २०७३
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको खुसीयालीमा उनको गृह जिल्ला चितवनमा आज साँझ दीपावली गरिएको छ । चितवनको भरतपुरमा माओवादीका केन्द्रीय सदस्य बाबुराम खरेल, प्रधानमन्त्रीको गाउँ शिवनगरमा नेता घनश्याम दाहाल र पूर्वी चितवनको रत्ननगरमा जिल्ला नेता रामध्वज डल्लाकोटीको नेतृत्वमा दीपावली गरिएको जिल्ला नेत्री निशा भट्टराईले जानकारी दिइन् । दीपावलीका क्रममा माओवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले एक आपसमा खुसी साटासाट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप