सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘मन्त्रिपरिषद्मा एक तिहाइ महिला’को माग

बुधबार, १९ साउन २०७३, २२ : २०
बुधबार, १९ साउन २०७३
ललितपुर -महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्था तथा सरोकारवालाले अब बन्न लागेको मन्त्रिपरिषद्मा कम्तीमा एक तिहाइ महिला हुनुपर्ने माग गरेका छन् । सञ्चारिका समूहले यहाँ आज आयोजना गरेको कार्यक्रममा विभिन्न अधिकारकर्मी, सरोकारवाला पक्ष र राजनीतिक दलका भगिनी सङ्गठनका प्रतिनिधिले संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्मा कम्तीमा एक तिहाइ महिलालाई सहभागी गराउन आग्रह गरेका हुन् । महिला सुरक्षा दबाब समूहकी अध्यक्ष साबित्री थापाले संविधान कार्यान्वयनका लागि पनि अब बन्ने मन्त्रिपरिषद्मा एक तिहाइ महिला हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले जसरी एक तिहाइको व्यवस्था संविधानमा गराउन हामी एक ठाउँमा थियौँ, अहिले त्यसरी नै कार्यान्वयनका लागि जुट्न खाँचो छ ।” काँग्रेस निकट महिला सङ्घकी केन्द्रीय सदस्य विजया केसीले मन्त्रिमण्डलमा एक तिहाइ महिला पु¥याउन महिला सांसद नै एकजुट भएर दबाब दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – “महिला सांसदले त्यति चासो दिएको हामीले पाएका छैनौँ ।” नेपाली महिलालाई अझै पनि प्रजातन्त्र नआएको उहाँको भनाइ थियो । गैरसरकारी संस्था महासङ्घकी पूर्वअध्यक्ष शर्मिला कार्कीले हरेक पटकको मन्त्रिपरिषद्मा दुई÷तीन जनामात्रै महिला हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । अधिकारकर्मीले मङ्गलबार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का नेतालाई भेटेर महिला सहभागिता अर्थपूर्ण बनाउन माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप