सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाँच दिनदेखि बेपत्ता आमा मृत फेला तीन छोराछोरी बेपत्ता

बुधबार, १९ साउन २०७३, २२ : २३
बुधबार, १९ साउन २०७३
बैतडी, १९ साउन - पाँच दिनदेखि बेपत्ता रहेकी एक महिला आज मृत अवस्थामा भेटिएका छन् भने तीन छोराछोरी बेपत्ता छन् । पाँच दिन अघि श्रीमान्सँग झगडा गरेर घरबाट हिडेकी बझाङ दहबगर–२ की २८ वर्षीया गोमादेवी बोहरा आज स्थानीय सङ्घार खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता छोराछोरीको नाम खुल्न सकेको छैन । तीन बालबालिकामध्ये दुई छोरा र एक छोरी रहेको बताइएको छ । छोराछोरी आमासँगै घरबाट निस्किएको बताइएको छ । घटनास्थल सदरमुकाम चैनपुरबाट एक दिनको पैदल दूरीमा पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप