सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको शपथ भोलि ३ बजे

बुधबार, १९ साउन २०७३, २२ : २८
बुधबार, १९ साउन २०७३
काठमाडौँ - नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ बिहीबार गराउने तयारी गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए । व्यवस्थापिका–संसद्मा आज भएको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हभएका हुन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप