सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यसरी बित्यो प्रधानमन्त्री प्रचण्डको एक दिन (तस्बीरसहित)

बिहीबार, २० साउन २०७३, २२ : ०८
बिहीबार, २० साउन २०७३
काठमाडौं– बुधबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड आज दिनभर पार्टी बैठक, भेटघाट, सपथग्रहणदेखि सरकारी कामकाजमा व्यस्त भए । बिहानैदेखि लाजिम्पाटस्थित निवासमा शुभेच्छुकको बधाई थाप्न ब्यस्त प्रचण्डले बिहान नेपालका लागि भारतीय राजदूत रञ्जित रायसँगभेट गरे । भेटका क्रममा रायले प्रचण्डलाई बधाई दिएका थिए । सो पछि पार्टीको केन्द्रीय कार्यालयको बैठकमा व्यस्त भएका प्रचण्ड मन्त्री चयनका लागि भएको कांग्रेससँगको छलफलमा पनि सक्रिय भए । मध्यान्ह अभिनेत्री रेखाथापादेखि विभिन्न दलका नेता, शुभेच्छुकको बधाई थापेका प्रचण्डले पार्टी निकट प्रेस सेन्टरका प्रनिधिनिसँग समेत भेट गरे । सो क्रममा उनले आफूसँग निकै कम समय रहेको भन्दै केहि गरेर देखाउने प्रतिबद्धता जनाए । पार्टीबाट मन्त्रीको नाम टुंग्याउन निकै व्यस्त प्रचण्ड कृष्ण बहादुर महरा, दलजीत श्रपाली र गौरी शंकर चौधरीको नाम तय गरेर सपथ ग्रहणका लागि निर्धारित समयभन्दा आधा घण्टा ढिला गरी साढे तीन बजे शीतल निवास पुगे । शीतल निवासमा आयोजित भव्य समारोहका बीच प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ती, संवैधानिक निकायका प्रमूखहरू, सभासदहरू, नेपाल सरकारका मूख्य सचिव, नेपालस्थित विभिन्न देशका राजदुतलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो । सपथ ग्रहणपछि प्रधानमन्त्रीले लैनचौरमा रहेको सहिद स्मारकमा पुगेर पुष्पगुच्छा अर्पण गरे । यसलगत्तै किर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलाल स्मृति प्रतिष्ठानमा पुगी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरे । पुष्पलाल प्रतिष्ठानमा माल्यार्पणपश्चात् प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा पुगी सहिद तथा बेपत्ता योद्धा स्मारकमा माल्यार्पण गरे । सो अवसरमा प्रधानमन्त्रीले उपस्थित सर्वसाधारणलाई बधाई ज्ञापन गर्दै धन्यवाद दिएका थिए । यस्तै प्रचण्डले साँझ सिंहदरबारमा पुगेर पदभार गर्दै चारओटा निर्णयमा हस्ताक्षर समेत गरे भने साँझ नै मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरे । मन्त्रिपरिषद्को बैठकबाट बाढीपहिरोबाट ज्यान गुमाउनेको परिवारलाई तत्काल एकलाख दिनेलगायतका निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप