बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दीपिका, प्रियंका होइनन्, यी हुन् बलिउडका सबैभन्दा धनी नायिकाहरु

शुक्रबार, २१ साउन २०७३, ११ : ०३
शुक्रबार, २१ साउन २०७३
बलिउड नायिकाहरुको कमाई कुनै नायकको भन्दा कम छैन । करोडौं कमाउने यी हिरोइनहरु फिल्मका साथै अरु कारोबारमा पनि संलग्न छन् । आज हामी तपाईंलाई बलिउडका शीर्ष ११ नायिका बारे जानकरी दिँदै छौं जो बलिउडका सबैभन्दा धनी छन् । १. ऐश्वर्या रायः बलिउडकी सबैभन्दा राम्री नायिकाको छाप बनाउन सफल ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताका कारण संसारभर प्रख्यात छिन् । उनी बलिउडकी सबैभन्दा धनी नायिकामा गनिन्छिन् । एक रिपोर्टका अनुसार ऐश्वर्या करिब ३५ मिलियन डलरकी मालिक हुन् । उनको उमेरले ४ दशक पार गरिसकेको छ तरपनि उनीसँग अहिलेपनि चर्चित निर्देशकहरु काम गर्न मरिहत्ते गर्दछन् । उनी फिल्मसँगै विभिन्न विज्ञापन र इन्डोर्समेन्ट गर्छिन् । २. माधुरी दीक्षितः ९० को दशकमा बलिउडमा राज गर्ने माधुरी दीक्षित पनि ३५ मिलियन डलरकी मालिक हुन् । आफ्नो ५० औं वर्षमा प्रवेश गर्नै लागेकी उनी अहिले पनि एउटा फिल्म खेलेबापत् ६ करोड ४० लाखसम्म पारिश्रमिक लिने गर्दछिन् । ३. प्रिती जिन्टाः नायिका प्रिती जिन्टा पनि धनी नायिकाको सूचीमा अग्रपंक्तिमा नै आउँछिन् । उनको सम्पत्ति लगभग ३० मिलियन डलर छ । हुन त आजकाल प्रिती फिल्मी दुनियाँबाट परै छिन् तरपनि उनी पैसाको मामलामा कुनै नायिकाभन्दा कम छैनन् । अभिनयबाहेक उनी पंजाब किंग इलेभेनकी मालिक हुन् । ४. अमिषा पटेलः फिल्म ‘कहो ना प्यार हे’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गर्ने अभिनेत्री अमिषा पटेल पनिको सम्पत्ति पनि करिब ३० मिलियन डलर छ । १२५ वटा फिल्ममा काम गरिसकेकी अमिषाको आफ्नै प्रोडक्सन हाउस पनि छ । ५. दीपिका पादुकोणः बलिउडमा आजकाल सबैभन्दा बढी पारिश्रमिक लिने बलिउडकी ‘डिम्पल गर्ल’ भनेर चिनिने दीपिका पादुकोण पनि बलिउडको टप अभिनेत्रीहरुमध्ये एक हुन् । सन् २००७ मा आफ्नो करियरको सुरुवात गर्ने दीपिकाको सम्पत्ति २० मिलियन डलर रहेको छ । ६. अम्रिता रावः हुन त बलिउडमा अम्रिताले अभिनय गरेका फिल्महरु निकै थोरै छन् तर पैसाको विषयमा उनी कोहीभन्दा कम छैनन् । उनको कुल सम्पत्ति २० मिलियन डलर बराबरको छ । ७. काजोलः बलिउडमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्रीमध्येकी एक काजोलले आजकाल निकै कम फिल्ममा अभिनय गरिरहेकी छिन् । तर जति थोरै फिल्महरु खेलेपनि उनी सम्पत्तिको विषयमा अग्रपंक्तिमा नै छिन् । काजोलको सम्पत्ति करिब १८ मिलियन डलर छ । ८. करिष्मा कपुरः करिष्मा कपुर धेरै पहिलादेखि नै फिल्मी क्षेत्रमा देखिएकी छैनन् तर उनी निकै धनी छिन् । उनको सम्पत्ति करिब १२ मिलियन डलरको छ । ९. मल्लिका शेरावतः बलिउड फिल्मी जगत्मा निकै बोल्ड सिनहरु दिएर तहल्का मच्चाउन सफल मल्लिका शेरावत पनि सम्पत्तिको मामलामा शीर्ष स्थानमा नै छिन् । उनी करिब १० मिलियन डलरकी मालिक हुन् । १०. कंगना रनावतः ‘बलिउडकी क्विन’ भनेर चिनिने कंगना रनावत बलिउडमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्रीमध्येकी एक हुन् । उनको कुल सम्पत्ति १० मिलियन डलर छ । ११. प्रियंका चोपडाः बलिउडदेखि हलिउडसम्म चर्चा कमाउन सफल बलिउड अभिनेत्री प्रियंका चोपडा ८ मिलियन डलरकी मालिक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप