बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बीयर पिउने जागिरः तलब ६९ लाख रुपैयाँ !

शुक्रबार, २१ साउन २०७३, ११ : ३९
शुक्रबार, २१ साउन २०७३
यस्तो जागिरलाई तपाईं के भन्नुहुन्छ, जसले तपाईंलाई संसारभरीको सबै प्रकारको बियर निःशुल्क पिलाउँछ र तपाईंलाई वार्षिक ६४ हजार ६ सय पचार डलर अर्थात ६९ लाख १० हजार ८ सय २६ रुपैयाँ पारिश्रमिकसमेत दिन्छ । यदि तपाईं पनि यस्तै प्रकारको जागिरमा रुची राख्नुहुन्छ भने नेशनल म्युजियम अफ अमेरिकन हिष्ट्रिलाई आफ्नो बायोडाटा पठाउनुहोस् किनभने यो संग्रहालय देशभरीको बियर चाख्ने एक विशेषज्ञको खोजीमा छ । तीन वर्षको कन्ट्र्याक्ट रहेको यो जागिर संग्रहालयको फूड हिष्ट्रि प्रोजेक्टको एउटा हिस्सा हो जसको उद्देश्य अमेरिकामा निर्मित खानाको दस्तावेजीकरण र अध्ययन गर्नु हो । वासिङ्टन डीसिमा अवस्थित यो संग्रहालयले बियर उद्योगसँग परिचित र अनुसन्धान क्षमता भएको व्यक्तिको खोजी गरिरहेको छ । समाचार स्रोत एबीसी नेटका अनुसार ती भाग्यमानी हिस्टोरियनले बियर पिउनुका साथै लेख लेख्ने, पुराना सामग्रीहरुको संकलन गर्ने र खानालगायत पेय पदार्थको इतिहासको अनुसन्धान गर्नेलगायतका काम गर्नुपर्ने हुन्छ । संग्रहालय परियोजनाका प्रबन्धक सुसान इवेन्सका अनुसार, हज्जारौं मानिसहरुले जागिरको लागि आवेदन दिइसकेका छन् र यसको संख्यामा वृद्धि हुनसक्ने उनले अनुमान गरेकी छिन् । उनी भन्छिन्, ‘हामीले जागिरको लागि आह्वान गर्ने बित्तिकै यसले निकै हल्लाखल्ला मच्चाएको छ । यस्तो प्रकारको जागिरको सायद कसैले पनि अपेक्षा गरेका थिएनन् होला ।’ आबेदनको अन्तिम मिति यहि अगस्ट १० तारिखसम्म बताइएको छ । प्रतिस्पर्धा निकै कडा हुनसक्ने इवेन्सले बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप