बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

५५ वर्षे अर्बपतीले १८ वर्षीया प्रेमिकासँग गरे विवाह, फोटो भाइरल

शुक्रबार, २१ साउन २०७३, १२ : १०
शुक्रबार, २१ साउन २०७३
संसारमा धेरै अचम्मका विवाह भइसकेका छन् । तर रुसमा केही हप्ता अगाडि एउटा यस्तो विवाह भएको छ जसले निकै चर्चा बटुलिरहेको छ । भ्यालेन्टिनो इभ्यानोभ, ५५, ले आफ्नी १८ वर्षीया प्रेमिका मोडल एलिजाभेटा एडामेन्कोसँग विवाह गरेका छन् । इभ्यानोभ रसियाको सबैभन्दा ठूलो तेल कम्पनीका भूतपूर्व मालिक हुन् । उनीहरुको विवाह पुरानो बंगला चातियाउ सेन्ट जियान्नेटमा भएको बताइएको छ । एडामेन्को १४ वर्षको हुँदादेखि नै यी दुई प्रेमसम्बन्धमा रहेको स्रोतले बताएको छ । रुसमा १६ वर्षभन्दा कम उमेरकी महिलासँग कुनै  प्रकारको सम्बन्ध आपराधिक  हुन्छ । रसियन पब्लिकेसन रिपोर्टका अनुसार यी दुबैले ६ हप्ता अघि विवाह गरेका हुन् । बेहुली एलिजाभेटाले आफ्नो विवाहको लुगा वेरा व्यांगलाई डिजाइन गर्न दिएकी थिइन् जो संसारको सबैभन्दा चर्चित डिजाइनरमध्येका एक हुन् । यी दुबैको विवाहका तस्बिरहरु मोडलकी साथीले सोसल मिडियामा पोष्ट गरेकी थिइन् तर यसलाई अहिले डिलिट गरिसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप