बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कुनै फिल्मको कथाभन्दा कम छैन ओबामा दम्पत्तीको ‘लभ स्टोरी’

शुक्रबार, २१ साउन २०७३, १३ : ४२
शुक्रबार, २१ साउन २०७३
संसारको सबैभन्दा शक्तिशाली देशका राष्ट्रपति बराक ओबामा र उनकी श्रीमती मिशेलको ‘लभ स्टोरी’ कुनै फिल्मको कथाभन्दा कम छैन भन्दा फरक नहोला ।  दुबैको एक ‘ल फर्म’ मा भेट भयो, त्यसपछि यी दुबै प्रेममा परे र प्रेममा परेको केही समय पछि यी दुबैले विवाह गरे । आज यत्तिका वर्षसम्म पनि यी दुबैको जोडी एक उदाहरणीय जोडीको रुपमा रहन सफल भएको छ । विभिन्न स्रोतका अनुसार रोमान्टिक स्वभावका ओबामाले मिशेललाई धेरैपटक डेट गर्ने कोशिस गरे तर मिशेल सधैं यसमा आपत्ति जनाउँथिन् । ओबामाले निरन्तर प्रयास गरिरहँदा मिशेलको केही लागेन र अन्तमा उनीहरु प्रेम सम्बन्धमा बाँधिए । प्रेम सम्बन्धले तीन वर्ष पूरा गर्न नपाउँदै उनीहरुले सन् १९९२ मा विवाह गरिहाले । बराक ओबामा र मिशेलको भेट सन् १९८९ मा शिकागोमा भएको थियो । ओबामा र मिशेलले हावर्ड युनिभर्सिटीबाट कानुन पढे तर मिशेल एक वर्ष पहिले नै त्यहाँबाट पास आउट भएकी थिइन् । हावर्डमा दुबैको भेट हुन पाएको थिएन । आफ्नो स्नातक पछि मिशेलले शिकागोको एक ल फर्ममा काम गरिन् । त्यहीँ यी दुबैको भेट भयो । राष्ट्रपति चुनावका लागि मिशेलले आफूलाई आग्रह नगरेको भए आफू कहिले पनि यो स्थानमा आइ नपुग्ने ओबामा बताउँछन् । बराक र मिशेलको विवाह सन् १९९२ मा भयो । दुबैका दुई छोरीहरु छन् । एउटीको नाम मालिया हो भने अर्कीको शाशा । एक अन्र्तवार्तामा मिशेलले बताइन् कि ओबामा आज पनि निकै रोमान्टिक छन् । उनी समय हुनेबित्तिकै आफ्नो परिवारसँग गफ गर्न रुचाउँछन् । उनी परिवार सँगै रमाउने किसिमका व्यक्ति हुन् । यही कारणले ओबामाको धेरैजसो विदेश भ्रमणको क्रममा मिशेल उनको साथमा हुन्छिन् । मिशेल बराकको खुसी र दुख दुबै पलमा सहभागी देखिन्छिन् । तस्बिरमा हेर्नुहोस्, ओबामा दम्पत्तीका जीवनका केही रमाइला पलः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप