बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आसाममा ग्रेनेड हमला, १४ को मृत्यु

शुक्रबार, २१ साउन २०७३, १४ : ४५
शुक्रबार, २१ साउन २०७३
भारतको आसामको कोकराझारमा ग्रेनेड हमला भएको छ । शुक्रबार आसामको बालजान मार्केटमा हमला हुँदा १४ मानिसहरुको मृत्यु भएको छ भने सयौं मानिसहरु घाइते भएका छन् । यस तरकारी बजारमा अहिले पनि फायरिंग जारी रहेको दैनिक भाष्करले बताएको छ । स्रोतका अनुसार ७/८ जनाको संख्यामा रहेका हमलाकर्ता अटोरिक्साबाट बजारमा छिरेका थिए । उनीहरुसँग एके४७ जस्ता हतियार छन् । अहिले हमलाकर्ता र सुरक्षा बलबिच दोहोरो फायरिङ चलिरहेको बताइएको छ । एक हमलाकर्ताको मृत्यु भएको स्रोतले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप