बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अपराधीले जेलमा यस्तो के गरे जसले देशभरी हंगामा मच्चायो ?

शुक्रबार, २१ साउन २०७३, १५ : २७
शुक्रबार, २१ साउन २०७३
जर्भिस चिमेनिज पाभावोलाई दक्षिण अमेरिकाको सबैभन्दा डरलाग्दा ड्रग माफियाको रुपमा चिनिन्छ । उनी ताकुम्बु जेलमा ८ वर्षको जेल सजायँ काटिरहेका थिए । जब पुलिसले एक दिन उनी बस्ने ठाउँको निरिक्षण गरे उनीहरु जिल्ल परे । जेलमा उनी बस्ने ठाउँ वास्तवमा नै कुनै आरामदायी होटलभन्दा कम थिएन । आफ्नो जेल सजायँ एक वर्ष मात्र बाँकी हुँदा पाभावोले जेलको भित्तामा प्वाल पारेर भाग्न खोजिरहेको पाराग्वेका पुलिसले जानकारी पाए । उनलाई यसो गर्नबाट रोक्नका लागि पुलिसले उनी बसेको ठाउँमा छानबिन गरे । सामान्यतयाः मानिसहरुको जेल जीवन निकै कष्टकर हुन्छ तर उनी वास्तवमा नै निकै आरामदायी ठाउँमा बसिरहेका थिए । तीनवटा एयर कन्डिसनिङ कोठामा बस्ने उनको प्राइभेट बाथरुम, कन्फरेन्स रुम, किचन, लाइब्रेरी रहेको छ भने उनको कोठामा फ्ल्याट स्क्रिन टिभीहरु पनि पाइएका थिए । उनी बस्ने भिआइपी कोठाको भित्तामा निकै राम्रा टायल्स लगाइएको थियो भने आकर्षक फर्निचर, पार्केटिङ गरिएको भुँईले उनको कोठाको शोभा बढाएको थियो । रिपोर्टका अनुसार जो अपराधी यो आरामदायी युनिटमा बस्न चाहन्छ, उसले पाभावोलाई ५ हजार डलर तिर्नुपर्दथ्यो। यहाँ एक हप्ताको लागि बस्ने भाडा ६ सय डलर थियो । यस ठाउँमा बस्ने मानिसहरुलाई फोन र इन्टरनेटको सुविधा दिइएको हुन्छ । यहाँ बस्ने अपराधीले जुनसुकै समयमा आगन्तुकलाई भेट्न पाउँछन् । पाभावोलाई अब विशेष युनिटमा सारिएको छ । यसका साथै उनको भीआईपी स्थानलाई नष्ट गरिएको छ तर उनको निकै विलाषीयुक्त बसाईंले पाराग्वेको न्याय प्रणालीमाथि प्रश्न तेर्साएको छ । पाभावोका वकिल लाउरा एकासुसोले उनले यस्तो जीवन व्यतित गर्नका निमित्त ७ जना न्याय मन्त्री र ७ जना जेलका निर्देशकलाई घुस ख्वाएको खुलासा गरिन् । उनको भनाई लगत्तै न्याय मन्त्री कालाए ब्यासिगालुपोलाई पदच्युत गरिएको छ । ‘हामीले पाभावोको सेललाई भत्काउने निर्णय गरेका छौं र अपराधीले यस्तो प्रकारको सुख सुविधाको भोग चलन गर्न उक्साउने जेलका निर्देशकलाई कारवाही गर्ने तयारीमा छौं,’ नयाँ चुनिएका न्याय मन्त्री एभर मार्टिनेजले बताए । पाभावोलाई जेलमा सबैका प्रिय बताइएको छ । ताकुम्बु जेलमा बस्दा उनले जेलको पुस्तकालय बनाउन खर्च भएको रकम सबै उठाए । उनले जेलका कुकलाई पारिश्रमिक दिने र जेलमा रहेका अरु अपराधिलाई आफ्नो बडिगार्ड बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप