बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र र कोमलको नदेखिएको रुपः इटालीमा बिदा मनाइरहेका जेनिसा र डिकेससँग जम्काभेट

शुक्रबार, २१ साउन २०७३, १६ : ०२
शुक्रबार, २१ साउन २०७३
[caption id="attachment_68852" align="alignleft" width="840"] फोटोः डिकेश मलहोत्राको फेसबुकबाट[/caption] पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमल शाह इटालीमा छन् । उनीहरु इटालीमा रहेको कुरा इन्टिग्रेटेड मोबिलिटी सोलुसनका प्रमुख डिकेश मलहोत्राको फेसबुकमार्फत सार्वजनिक भएको छ । पूर्व मिस नेपाल जेनिसा मोक्तान र उनका श्रीमान् डिकेश मलहोत्रा इटालीको मिलानको एक रेष्टुरेन्टमा खाना खाइरहेका थिए । त्यहाँ उनीहरुको भेट नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह र उनकी धर्मपत्नी कोमल शाहसँग भयो । एउटै देशका नागरिकको सात समुन्द्र पारी भेट हुँदाको क्षण उनीहरुले आफ्नो क्यामरामा कैद गरेका छन् । काठमाडौंका बिजनेस टाइकुन डिकेसले यो फोटो सोसल मिडियामा सेयर गरेका हुन् । नेपालमा हुँदा धेरैजसो समय औपचारिक पहिरनमा देखिने शाह दम्पत्तीको यो रुप सायदैै कसैले देखेको होला । कालो चस्मा र ह्याट लगाएको उनको तस्बिर हेर्दा उनलाई ज्ञानेन्द्र भनेर चिन्न मुश्किल छ । यता कोमल पनि निकै भिन्न देखिएकी छिन् । धेरैजसो साडी लगाउने उनलाई कुर्ता र प्लाजोमा भिन्न देखिएकी छिन् । यो फोटो निकै चर्चित भएपछि यता जेनिसालाई भने आफूले अलि राम्रो तरिकाले फोटो खिचेको भए हुनेथियो भन्ने लागेको बताउँछिन् । पूर्व राजा रानीले आफूहरुसँग निकै नम्र भएर बोलेको उनले फेसबुकमार्फत जानकारी दिइन् । उनी भन्छिन्, ‘उहाँहरु ‘सफ्ट स्पोकन र क्लासी’ लाग्यो । उहाँहरुले हामीलाई कहाँबाट आएको र अब कता जाने भनेर सोध्नुभयो ।’ यो भेटलाई आफ्नो भ्रमणको सबैभन्दा ठूलो हाइलाइट भएको जेनिसा बताउँछिन् । स्मरण रहोस् नवविवाहित जेनिसा मोक्तान र डिकेश मलहोत्रा छुट्टी मनाउन लामो समयदेखि देश बाहिर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप