मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न स्थानीयको सरकारसँग माग

शुक्रबार, २१ साउन २०७३, १५ : ५९
शुक्रबार, २१ साउन २०७३

नगरकोट – सुन्दर नगरी नगरकोटलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न गरी विकाश गर्न सरकारसँग स्थानीयहरुले माग गरेका छन् ।

अधिकार सम्पन्न नगरकोटको पर्यटन क्षेत्र विकास समिति गठन आदेशका लागि त्यस तर्फ निरन्तर सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

कार्यक्रममा नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले नगरपालिका नगरकोटको पर्यटन बिकासका लागि सहयोग गर्न लागि रहेको बताउँदै यहाँ ब्यबस्थित भ्यु टावर नभएकाले ठाउ पाए नगरपालिकाले टावर निर्माणका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गरेका छन् ।

कार्यक्रममा समितिका अध्यक्ष दिपक लामिछानेले नगरकोटको पर्यटन विकासका लागि पर्यटन गुरुयोजना तत्काल निर्माण गर्ने तयारी भैरहेको जानकारी दिएका छन् ।

नगरकोट नाल्दुम पर्यटन बिकास समितिले भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता,पर्यटन ब्यबसायी ,स्थानीय र संचारकर्मीहरुले नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।

कार्यक्रममा समितिका सचिब धनबहादुर लामाले नगरकोटको पर्यटन बिकासका लागि सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बिषयक कार्यपत्र प्रस्तुत गर्दै नगरकोट पर्यटकहरुको उर्वरभूमि रहेकोले यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरीएको बताए ।

बालुवापाटी देउपुर गाबिसका पूर्व अध्यक्ष राधाकृष्ण बस्ताकोटीले नगरकोटमा सुबिधा सम्पन्न सडक र यातायात,खानेपानी र नियमित बिजुलीबत्तीको लागि जोड दिंदै यस क्षेत्रको पर्यटनलाई आर्थिक समृद्घिको रुपमा उपयोग गर्नुपर्ने बताए । कार्यक्रममा पर्यटन ब्यबसायीहरु श्याम कायस्थ, बद्री माकाजु, अशोक थापा, गोकुल शर्मा , नविन गुरुङ लगायतले ‘हामी सबैको अठोट, स्वच्छ, सफा र सुन्दर नगरकोट’ भन्ने नारालाई मुर्तरुप दिनुपर्नेमा जोड दिंदै अधिकार सम्पन्न समिति गठन गर्दै बृहत्तर कार्यक्रम संचालन गर्न सकिने बताए ।

नगरकोटको सौन्दर्य मादकतासँग रमाउन बर्षेनी हजारौं स्वदेशी तथा बिदेशी पर्यटक आउने गरेको छन् । नगरकोटमा एक सयको हाराहारीमा होटल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप