बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

७ सयमा किनेको कुर्सी भित्र ७ लाखको हिरा भेटियो

शुक्रबार, २१ साउन २०७३, १६ : ५१
शुक्रबार, २१ साउन २०७३
एक जोडीले ५ पाउन्ड (लगभग ७ सय रुपैयाँ) मा किनेको ‘पुरानो थोत्रो’ कुर्सीमा ५ हजार पाउन्ड (लगभग ७ लाख) बराबरको हिरा भेटेका छन् । एन्जेलन मिल्नर, ५० र उनका श्रीमान अंगस, ४७, ले लिलामीमा १० वर्ष अगाडि यो पुरानो कुर्सी किनेका हुन् । प्रुफरिडर एन्जेला भन्छिन्, ‘हामीले यो कुर्सीलाई ५ पाउन्डमा १० वर्ष अगाडि किनेका हौं । यहाँ कुकुर बसिराख्ने भएका कारण यो बिग्रदो स्थितीमा थियो ।’ ‘मर्मत संभारको लागि पर्याप्त रकम नभएका कारण हामीले यसलाई थन्काएर राखेका थियौं । यो लगभग ६ वर्षजति काम नलाग्ने भएर थन्कियो, ’ उनी भन्छिन् । पछि यसलाई मर्मत संभार गरेपछि यो निकै राम्रो देखिएको उनले बताइन् । ‘त्यसको केही वर्षपछि मेरो श्रीमान्ले हाम्रो विवाहको वर्षगाँठमा हिराको औंठी उपहार दिए जुन उनले कुर्सीको तल्लो भागमा भेट्टाएका थिए,’ उनी भन्छिन् । त्यही वर्षको भ्यालेन्टाइन्स डेमा उनले पुनः मलाई हिराको टप उपहार दिए ।’ हिराका ती गहना कुर्सीको पूर्व मालिकको हुनसक्ने उनी बताउँछिन् । अंगसले ती हिराका गहना कुर्सीलाई मर्मत गर्दा भेटेको बताउँछन् । तर उनले रोमान्सको नाममा ती गहनालाई एन्जेलासँग लुकाए र क्रमशः एनिभर्सरी र भ्यालेन्टाइन्स डे मा उपहारस्वरुप दिए । एन्जेला भन्छिन्, ‘कुर्सीको मर्मत गर्दा मेरा श्रीमानले सोफाको कुसनलाई निकाल्ने काम गरेका थिए । त्यहाँ जम्माजम्मी तीन चारवटा पत्र निकाल्नुपर्ने थियो । अन्तिम पत्रमा हिराका ती गहना भेटिएका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप