मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारत र चीनबाट बढी पर्यटक भित्र्याइने

शुक्रबार, २१ साउन २०७३, १८ : ४६
शुक्रबार, २१ साउन २०७३

काठमाडौँ– प्रधानमन्त्री प्रचण्डसँग आज पर्यटन व्यवसायीले भेटी पर्यटन क्षेत्रको समग्र विकासका लागि ध्यानाकर्षण गराएका छन् ।

नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको नेतृत्वमा नेता लोकेन्द्र विष्ट, नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यद्वय गणेश सिंखडा र पम्फा धमलासहित पर्यटन व्यवसायी प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना दिन अपराह्न उनको निजी निवास लाजिम्पाट पुगेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रका व्यवसायीसँग मिलेर काम गर्ने आश्वासन दिएको भेटमा सहभागी पर्यटन व्यवसायी सरोज न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको पर्यटन विकासका लागि भारत र चीनबाट बढी पर्यटक भित्र्याउने योजनाबद्ध कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप