बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, ११ माघ २०७४, ०५ : ४६
बिहीबार, ११ माघ २०७४

आजको राशिफल

बि.स.२०७४ माघ ११ गते । बिहिबार । ईश्वी सन् २०१८ जनवरी २५ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि अष्टमी ८ घडी ५६ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त नवमी । नक्षत्र भरणी ५१ घडी २३ पला । योग शुभ ४५ घडि ३ पला,रातको १२ बजेर ५७ मिनेट उप्रान्त शुक्ल । करण वव,बिहान १० बजेर ३० मिनेट उप्रान्त वालव,बेलुका ९ बजेर ४४ मिनेट उप्रान्त कौलव । 

 

आनन्दादिमा पद्य योग । चन्द्रराशि मेष । गोरखकाली पूजा। भीष्माष्टमी व्रत।

काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४४ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न बिलाशी बस्तुको प्रयोग गरि मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरु  बाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्ने बाताबरण बन्नेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सरकारि तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण कामहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । 

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुँनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपुर्ण काम दिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानि र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउँन सकिनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा अलि बढि समय लगानि गर्दा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्काबिच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुँनेछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुँने निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानिबाट प्रशस्त आम्दानि हुँनेछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुँनेछ । अध्ययनमा मन जानेछ भने सफल हुँने सुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमा सँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुँनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुँनेछ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । 

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुँनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुँनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप