सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सप्तरीका बाढीपीडितको उपचारमा डा केसी

शनिबार, २२ साउन २०७३, २३ : ०५
शनिबार, २२ साउन २०७३
राजविराज - सप्तरीका बाढीपीडितलाई आज डा गोविन्द केसीले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा उहाँले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँका २०० भन्दा बढी बाढीपीडितलाई हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गर्नुभएको बताइएको छ । डा केसी आफँै विभिन्न औषधि, फलफूललगायतका सामग्री बोकेर सो ठाउँमा जानुभएको थियो । सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामीण भेगका जनतामा पुग्न नसकेको गुनासो गर्दै डा केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताका आधारमा सेवा गर्न आएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध पटकपटक सत्याग्रह गर्नुभएका प्रा डा केसी बाढीपीडितको उपचारका लागि आज सप्तरी आइपुग्नुभएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप