सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा र राप्रपा नेपालबीच एकीकरण गर्ने सहमति, साउन २५ मा एकता घोषणा

शनिबार, २२ साउन २०७३, २३ : ०७
शनिबार, २२ साउन २०७३
काठमाडौँ –राप्रपा र राप्रपा नेपालको एकीकरणको घोषणा यही साउन २५ गते हुने भएको छ । दुवै पार्टीका शीर्षस्थ नेतृत्व एकता गर्न सहमत भएका छन् । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सहमतिपत्रमा दस्तखत गरी साउन २५ गते घोषणासभा गर्न सहमति भएको हो । व्यवस्थापिका–संसद्मा राप्रपा नेपाल चौथो ठूलो दल हो पार्टीकातर्फबाट २५ सांसद रहेका छन् भने राप्रपा सातौँ ठूलो दल हो र पार्टीका तर्फबाट १२ सांसद छन् । राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दुवै पार्टीको एकीकरण घोषणा सभापछि १५ दिनभित्र दुवै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने निर्णय लिने जानकारी दिए । उनका अनुसार मुलुकमा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले एकताको प्रक्रिया अगाडि बढाइएको हो । यसअघि, राप्रपाले सरकारमा सहभागी हुने तथा राप्रपा नेपालले भने सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप