बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जब गोजीमा राखिएको आइफोन पड्कियो...

आइतबार, २३ साउन २०७३, १० : ४३
आइतबार, २३ साउन २०७३
[caption id="attachment_69273" align="alignleft" width="840"] Gareth Clear - British mountain biker suffered horrific burns after iPhone 6 exploded and melted through his shorts.[/caption] एक बेलायती माउन्टेन बाइकरको पाइन्टको गोजीमा राखिएको आइफोन पड्किएको छ । दि सनका अनुसार गेरेथ क्लियर, ३६, अष्ट्रेलियाको म्यान्ली ड्याममा साइक्लिङ गरिरहेका बेला अचानक लडे । लड्दा उनी पाइन्टको पछाडिपट्टीको गोजीमा राखिएको आइफोन सिक्समाथि पछारिए । स्रोतका अनुसार लडेको केही सेकेन्डभित्रै उनले आफूसँग भएको ६ महिना पुरानो आइफोन निकै तातो भएको र त्यसबाट धुवाँ आएको देखे । हेर्दाहेर्दै उनको फोन पाइन्टभित्रै पग्लन थाल्यो जसले उनको दायाँ तिघ्राको माथिल्लो भागको दुई तह छालासमेत जलायो । उनले रोयल नर्थ सोर हस्पिटलमा उपचार गराइरहेका छन् । मूल रुपमा ह्याम्सफायर विन्चेस्टरका क्लियर विगत ६ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । उनी भन्छन्, ‘घटना कसरी र के कारणले भयो भन्न गाह्रो छ किनभने फोन मेरो गोजीभित्रै पड्केको थियो । फोनमा यत्तिकै आगो लागेको भने होइन, पहिला यो भुईंमा बजारिएको थियो ।’ क्लियर अबको केही हप्ता घरमा नै आराम गरेर बस्नेछन् । उनको घाउ निको हुन अझै केही दिन लाग्ने उनको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप