बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संसारका यी अचम्मका कुराहरु जसलाई तपाईंले जान्न जरुरी छ

आइतबार, २३ साउन २०७३, १४ : ५५
आइतबार, २३ साउन २०७३
भारतको उत्तर–पूर्वमा ५ सय वर्ष पुरानो पुल छ जुन रुखको जराले बनेको छ । जमिनभन्दा निकै उचाइमा रहेको यो रुखमुन्तिर नदी र नाला बग्दछन् । मनसुनको समयमा पानीको स्तर यो पुलसम्म आइपुग्छ तर यो कहिले पनि चुडिँदैन । किनभने हरेक मनसुनपछि उक्त रुखको जरा अझै बलियो हुन्छ । मानिसहरुलाई वारपार गर्नका लागि यो प्रकृतिनिर्मित पुलले निकै सहयोग गरेको छ । यो घटना चीनको हो । हात्तीको एक छावा लगातार ५ घण्टासम्म रोइरह्यो । जब ‘सेन्डियाओसान वाइल्ड एनिमल नेचर रिजर्भ’ मा छावा जन्मियो तब कुनै कारणवश यसको आमाले यसलाई अस्विकार गर्यो । छावालाई आमाले लात्ताले हानेर पछार्यो । चिडियाखानाका कर्मचारीले सुरुमा त यो अन्जानवश भएको ठाने र छावालाई आमाको छेउमै लगे । तर दोस्रोपटक पनि हात्तीले छावालाई आक्रमण गर्यो जसका कारण चिडियाखानाका कर्मचारीले छावालाई आमाबाट अलग्गाएर राखे । ‘त्यसपछि छावा निकै उदास भयो र लगातार पाँच घण्टासम्म रोइरह्यो,’ चिडियाखानाका एक कर्मचारीले बताए । ‘छावा आफ्नी आमासँग अलग्गिन नचाहेको तर आमाले भने उसलाई मार्न चाहेको थियो ।’ चिडियाखानाका कर्मचारीले छावा रुन लागेपछि उनलाई ओढ्ने ओढाइदिए । छावा पूरा ५ घण्टासम्म रोइरह्यो । पाँच घण्टापछि छावालाई सुई दिएर केही घण्टाको लागि सुताउनु परेको थियो । क्यानडाका टेरी फक्स (२३) को क्यान्सरका कारण एउटा खुट्टा काट्नुपर्यो । उनले कृत्रिम खुट्टा राखेर पूरै क्यानडालाई दौडेर पार गर्न कम्मर कसे । उनले १ सय ४३ दिनसम्म क्यानडामा ५ हजार ३ सय ७३ किलोमिटरसम्म दौडिए । विभिन्न केमोथेरापीका बाबजुद उनको स्वास्थ्यस्थित झन् नाजुक रह्यो र उनको क्यान्सर शरिरका अन्य अंगमा पनि फैलन सुरु भइसकेको थियो । अस्पतालमा केही दिन आराम गरेपछि उनले आफ्नो अभियानलाई पुनः सुरु गरे । तर फक्सलाई निमोनियाले समातेका कारण फेरी न्यू वेष्टमिन्सटरस्थित रोयल कोलम्बियन हस्पिटलमा भर्ना गरियो । उनी कोमामा गए र परिवारको उपस्थितीमा मृत्युवरण गरे । गैरी रिचर्ड नामका व्यक्ति २० वर्षसम्म कोमामा रहे । उनी कोमाबाट बाहिरिएपछि आफ्नी श्रीमतीलाई नै बिर्सिए । पछि उनी आफ्नै श्रीमतीको दिवाना भए र उनीसँगै पुनः विवाह गरे । बाइ फांग ली बाई हंगकंगमा रिक्सा चलाउँथे । यसका साथै उनी माािनसहरुलाई प्रोत्साहित गर्ने काम पनि गर्दथे । उनले १८ वर्षसम्म निकै मेहेनतका साथ काम गरे र त्यसबाट आएको पैसाले ३ सय बच्चाहरुलाई पढाए । यही क्रममा उनले साढे ३ लाख युआन पनि दानस्वरुप दिए । कर्नेल स्यान्डरले आफ्नो जीवनमा दर्जनौं जागिरबाट फ्याँकिए । अन्तिम पटक उनलाई एक वकिलले कामबाट निकालिदिए । पछि उनले ६५ वर्षमा केएफसी सुरु गरे र आज उनी संसारका सफल व्यवसायीको सूचीमा पर्दछन् । इन्डोनेसियाको ताना तरोजा द्वीपमा एक बालकको मृत्यु भयो । बालकलाई गाड्नका निम्ति उनका आमा बुवाले एउटा रुखको हाँगामा एउटा ठाउँ बनाए र त्यहाँ नै बालकको अन्तिम संस्कार गरे । पछि रुखको जरा बच्चाको शरिरभरी फैलियो र ती बालक त्यही रुखमा सम्मिलित भयो । यही कारण उनीहरुको बच्चा सधैंका लागि संसार अगाडि मरेर पनि जिउँदो भयो । विन्स्टन होवेस नामका एक किसानले आफ्नी मृतक श्रीमतीको नाममा ६ हजार वटा कटुसको रुख रोपेर जंगल बनाए । यो जंगल मुटु आकारको छ । यो क्यानडाको हेलिफेक्स भन्ने ठाउँको हो । यहाँ सडकको बीच बाटोमा रहेको पिलरमा ज्याकेट लगाइएको छ । यसमा ज्याकेटसँगै लेखिएको छ, ‘यदि कसैलाई चिसो लागेको छ भने बिना हिच्किचाहट जो कसैले लगाउन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप