सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय निकाय पुनःसंरचनाको खाका सच्याउन माग

आइतबार, २३ साउन २०७३, २० : ०९
आइतबार, २३ साउन २०७३
नेपालगन्ज – बाँके जिल्लाका राजनीतिक दलका नेताले स्थानीय तह पुनःसंरचनाको खाका वैज्ञानिक नभएकाले सच्याउन माग गरेका छन् । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले बाँकेको प्रस्तावित गाउँपालिका र नगरपालिकाको प्रारम्भिक खाका सार्वजनिक गरेपछि त्यसलाई सच्याउनुपर्ने वहस सुरु भएको हो । समितिले बाँकेमा चार गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका गरी छ वटा संरचनाको खाका प्रस्ताव गरेको छ । प्रस्तावित खाकामा कही भूगोल नमिलेको र कही जनसङ्ख्या नमिलेको भन्दै यसलाई सच्याउनुपर्ने स्थानीय राजनीतिक दलका नेताले अघि सारेका छन् । नेपाली काँग्रेस जिल्ला सभापति किरण कोइरालाले आयोगद्वारा प्रस्तावित खाकामा स्थानीयको पहुँच, सहभागिता र सुविधालाई ख्याल नगरिएकाले सच्याउनुपर्ने बताउनुभयो । “जिल्लाको भौगोलिक अवस्थाको विस्तृत अध्ययन गरेर एक÷दुई संरचना अभैm थप गर्नु पर्ने र राप्तीवारीका गाविसलाई राप्ती पारीको छुट्टै तथा वारीका गाविसको छुट्टै ‘कलस्टर’ पुःसंरचनामा बनाउनु पर्छ”–नेकपा (एमाले) का जिल्ला अध्यक्ष अशोक कोइरालाले भन्नुभयो । त्यसैगरी, नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक आइपी खरेलले पनि कम्तिमा सातवटा एकाइ निर्माण गरिनुपर्ने तर्क राख्नुभएको छ । तराई क्षेत्रमा गाउँपालिका बन्नका लागि आयोगले ५० हजार जनसङ्ख्या तोकेको छ । त्यसमा पनि हेरफेर गर्नु पर्ने भन्दै उहाँले कम्तिमा ३०÷३५ हजार जनसङ्ख्यामा झारिनुपर्ने उहाँको सुझाव दिनुभयो । रासस  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप