सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नदीमा डुबेर मलामीको मृत्यु

आइतबार, २३ साउन २०७३, २० : ११
आइतबार, २३ साउन २०७३
भीमदत्तनगर - कञ्चनपुरको दोदा नदीमा मलामी गएका एक युवकको आज बिहान डुबेर मृत्यु भएको छ । पुनर्वास नगरपालिका–१० स्थित दोदा नदीमा बिहान मलामी गएका सोही नगरपालिका–९ का १६ वर्षीय दीपेन्द्रसिंह ठकुरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए । ठकुरीसँगै नदीमा नुहाउन हिँडेका १७ वर्षीय विकास श्रेष्ठ बेपत्ता छन् । पानी धमिलो भएकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप