सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कास्य पदक

आइतबार, २३ साउन २०७३, २० : ३८
आइतबार, २३ साउन २०७३
काठमाडौँ- दक्षिण कोरियामा आइतबार भएको प्रथम वानकी मुन कप अन्तर्राष्ट्रिय खुला तेक्वादो च्याम्पियनसिपमा नेपालले कास्य पदक हात पारेको छ । भैरहवाका पराग दासले पुम्सेको सिनियरतर्फको पहिलो खेलमा नेपाललाई कास्य पदक दिलाएका हुन् । सेमिफाइनल खेलमा कारियन खेलाडीसँग दास पराजित भएपछि कास्य पदकमा चित्त बुझाउन बाध्य बनेका हुन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका तीन महिला र १३ पुरुष गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालसहित अमेरिका, भियतनाम, थाइल्यान्ड, ताइवान, श्रीलङ्का, दक्षिण अफ्रिका, रसिया, उज्वेकिस्तान, नाइजेरिया, फ्रान्स, चीन, बङ्गलादेश, केन्यालगायत विभिन्न २४ राष्ट्रका करिब पाँच यस खेलाडीको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप