सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघका नेतालाई देउवाले भने, ‘चित्त नबुझेको ठाउँमा गिभ एण्ड टेक गर्नुस् , मिलाउनुस् ’

आइतबार, २३ साउन २०७३, २२ : ०६
आइतबार, २३ साउन २०७३

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नो पार्टीको भातृसंगठन नेपाल विद्यार्थी संघ भित्र समस्या रहेको स्विकार गर्दै त्यसलाई ‘गिभ एण्ट टेक’ गरेर मिलाउन आग्रह गरेका छन् । आईतबार राजधानिको भृकुटीमण्डपमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन उद्घाटन गर्दै देउवाले भने, ‘केही ठाउँमा समस्या छन्, त्यसलाई मिलाउने तपाईहरुले नै हो, मिलाउनुस ।’ ‘नमिल्ने कुरा केही छैन, गिभ एण्ड टेक भन्ने हुन्छ नि, हो त्यसरी मिलाउनुस’ उनले भने, ‘छात्ति ठुलो गर्नुस, महाधिवेशन सफल पार्नुस् त्यसका लागी जस्तोसुकै सहयोग गर्न तयार छु’ नयाँ संविधान कुनै पनि हालतमा कार्यान्वयन गर्ने अठोट गर्दै देउवाले आफू पनि नेविसंघको पुर्व अध्यक्ष भएको उल्लेख गर्दै भने, ‘नेविसंघको नेता भएर हामीले पाईसक्यौं, मैले प्रधानमन्त्री र पार्टी सभापति पाएँ, रामचन्द्र पौडेललाई बरिष्ठ नेता बनाएका छौं, अबको नेता तपार्इँ विद्यार्थीहरु हो ।’ पार्टीका आम नेताहरुको उपस्थितितमा देउवाले नौ बर्षदेखि हुन नसकेको ११ औं महाधिवेशनको उद्घाटन गरेपनि संठगनभित्रको विवादका कारण अन्योलता देखिएको छ । ६४ जिल्लाबाट प्रतिनिधि चयन भएपनि ११ जिल्लाबाट महाधिवेशन उद्घाटन भैसक्दा समेत प्रतिनिधि चयन हुन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप