बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अब एन्जेलिना जोली प्राध्यापक पनि, यो विश्वविद्यालयमा पढाउनेछिन्

सोमबार, २४ साउन २०७३, १० : ५७
सोमबार, २४ साउन २०७३
लस एन्जेलिस । अभिनेत्री एन्जेलिना जोली वासिंगटाउनस्थित जर्जटाउन विश्वविद्यालयमा पढाउने खबर सार्वजनिक भएको छ । केही समय पहिले अभिनेत्री आफैंले उनी अगस्टदेखि डिसेम्बरसम्म एक प्रतिष्ठित लण्डन स्कूल अफ इकोनोमिक्स (एलएसई) मा पढाउने बताएकी थिइन् । एलएसई जर्जटाउन विश्वविद्यालयको एक अनुषंगी संस्थान हो । इन्डिपेन्डेन्ट डट को डट युकेका अनुसार जोली जर्जटाउन विश्वविद्यालयमा अतिथी प्राध्यापकको रुपमा आबद्ध हुँदैछिन् । उनले पूर्व विदेश सचिव विलियम हेगलाई विश्वविद्यालयमा प्राध्यापकको रुपमा सहयोग गर्नेछिन् । उनले त्यहाँ महिला, शान्ती र सुरक्षाका विषयमा स्नातकोत्तर तहका विद्यार्थीलाई पढाउनेछिन् । उनी भन्छिन्, ‘स्नातकोत्तर तहमा यस्ता प्रकारका विषयवस्तु राख्नाले म निकै प्रोत्साहित भएकी छु । यस्तै किसिमका प्रोग्राम अरु शैक्षिक संस्थाले पनि लागु गर्ने कुरामा म आशावादी छु । ’ ‘सरकारी संस्थामा र युएनको प्रोजेक्टमा काम गरेको अनुभवलाई आधार बनाएर विद्यार्थीहरुलाई यस विषयमा पढाउनेछु र उनीहरुबाट पनि केही सिक्ने आशा राखेकी छु, ’ जोली भन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप