बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चाणक्य नीतिः यी ६ अवस्थामा पत्ता लगाउनुहोस् मानिस राम्रो हो वा नराम्रो

सोमबार, २४ साउन २०७३, ११ : ५६
सोमबार, २४ साउन २०७३
हाम्रो वरिपरि बस्ने मानिस सबै राम्रा नै हुन्छन् भन्ने हुँदैन । कतिपय अवस्थामा मानिसले विश्वास गर्नुपर्ने मानिसलाई शंका गरेर र शंका गर्नुपर्ने मानिसलाई विश्वास गरेर धोका पाइरहेका हुन्छन् । यस्तो अवस्थाबाट पार पाउनका निम्ति चाणक्यको एक नीतिले तपाईंलाई सहयोग गर्नेछ । चाणक्यका अनुसार जीवनमा यस्ता ६ स्थिती आउँछन् जसमा राम्रा मानिसले मात्र तपाईंलाई साथ दिनेछन् ।   आचार्य चाणक्य भन्छन्ः आतुरे व्यसने प्राप्ते दुर्भिक्षेत्र शत्रुसंकटे । राजद्वारे श्मशाने च यस्तिष्ठाति स बांधवः । चाणक्यका अनुसार जो व्यक्तिले हामी बिरामी हुँदा दिनरात नभनी साथ दिन्छन्, त्यस्ता व्यक्ति हाम्रा असल मित्र हुन्छन् । यसका साथै मानिसको जीवनमा कुनै न कुनै बेला दुःख पीर परेको हुन्छ । हामीलाई दुःख पर्दा पनि सुखको अनुभुती गराउने मानिसलाई पनि असल मित्र भनिन्छ । पैसा हुँदा वर र नहुँदा पर हुने व्यक्तिको व्यवहार हेरेर पनि तपाईंले ती व्यक्ति कस्ता हुन्छन् भन्ने पत्ता लगाउन सक्नुहुन्छ । जब गरीबीले गाँजेका बेला पनि मानिसले तपाईंलाई उस्तै व्यवहार गर्छ भने ती व्यक्ति तपाईंको असल मित्र र शुभचिन्तक हो भन्ने थाहा पाउनुहोस् । हाम्रो समाजमा खुट्टा तान्ने व्यक्तिहरुको कमी छैन । कतिपय अवस्थामा शत्रुका कारण हामी निकै संकटमा पर्ने गर्दछौं । यस्तै बेला जब कोही व्यक्तिले तपाईंलाई उक्त संकटबाट पार पाउनका लागि सहयोग गर्छ भने ती व्यक्तिलाई तपाईंले शत प्रतिशत विश्वास गर्नसक्नुहुन्छ । शासकीय कार्यमा तपाईंलाई सहयोग गर्ने व्यक्ति पनि तपाईंका असल मित्र हुन्छन् । घर परिवारमा कसैको मृत्यु भएका बेला तपाईंलाई विभिन्न प्रकारको सहयोग गर्ने व्यक्ति पनि असल हुन्छन् । यस्ता परिस्थितीमा तपाईंलाई साथ दिने व्यक्ति नै तपाईंका असल मित्र हुन्छन् । चाणक्यका अरु नीति यस्ता छन्ः – जो मित्र तपाईंको अगाडि मिठो कुरा गर्छ तर तपाईंको पिठ्युँ पछाडि तपाईंको काम बिगारिदिन्छ भने त्यस्ता व्यक्तिको साथ तुरुन्त छाड्नुहोस् । यस्ता व्यक्ति त्यो भाँडोजस्तै हो जसमा माथिल्लो भागमा दुध देखिन्छ तर भित्र विष भरिएको हुन्छ । – जसरी सबै पर्वतमा मणी पाइँदैन, सबै वनमा चन्दनको वृक्ष पाइँदैन त्यसै गरी सबै ठाउँमा सज्जन पुरुष पाइँदैन । – सफलताको लागि एक श्रेष्ठ कुरा सिंहबाट सिक्न सकिन्छ । यो के हो भने, व्यक्तिले जे गर्न चाहन्छ उसले पूरा मन लगाएर त्यसलाई जोरदार प्रयासका साथ गर्नुपर्छ । – हाम्रो लागि सन्तुलित दिमागभन्दा ठूलो सरलता अरु केही हुँदैन, सन्तोषभन्दा ठूलो सुख केही हुँदैन, लालचभन्दा ठूलो रोग केही हुँदैन र दयाभन्दा ठूलो पुण्य अरु केही हुँदैन । – कुनै पनि व्यक्तिले चाहिनेभन्दा बढि इमान्दार हुनु हुँदैन । जंगलमा सिधा रुखहरुलाई नै पहिले काटिन्छ । धेरै इमान्दार व्यक्तिले नै सबैभन्दा बढि कष्ट उठाउनु पर्छ । – दाजु–भाइ, इष्टमित्रको पहिचान संकटमा हुन्छ भने जीवनसाथीको पहिचान धन नष्ट हुँदा हुन्छ । यस्तो स्थितीमा जसले तपाईंको साथ दिन्छ त्यही व्यक्ति हाम्रा सच्चा हितैषी हुन्छन् । – मूर्खताजस्तै यौवन पनि दुःखदायी हो किनभने जवानीमा कामवासनाको आवेगमा मानिसले कुनै पनि मूर्खतापूर्ण काम गर्नसक्छ तर योभन्दा पनि बढि कष्टदायी अरुमा आश्रित हुनु हो । – तपाईंले के गर्ने सोचमा हुनुहुन्छ भन्ने कुरा कसैलाई पनि नभन्नुहोस् । बुद्धिमानीपूर्वक यसलाई रहस्य बनाउनुहोस् र यो काम गर्नका लागि दृढ रहनुहोस् । – धन, जुन निकै धेरै कष्टपछि पाइएको छ अथवा आफ्नो धर्म–इमान सबै छोडेपछि पाइएको छ वा दुश्मनहरुको चाप्लुसीपछि पाइएको छ भने यस्तो धन स्विकार गर्नु हुँदैन । – जब तपाईं कुनै कामको सुरुवात गर्नुहुन्छ भने असफलाबाट नडराउनुहोस् र त्यो कामलाई नछोड्नुहोस् । जो व्यक्ति इमान्दारीपूर्वक काम गर्छ, त्यस्ता व्यक्ति सधैं खुसी रहन्छ । – जो व्यक्ति धनसँग जोडिएको काम गर्न लजाउँछ भने उसले धन हानीको सामना गर्नुपर्छ । यदि कोही व्यक्तिलाई उधारो दिएको पैसा फिर्ता लिनु छ र लाजका कारण पैसा माग्न सक्दैन भने धन हानी अवश्य हुन्छ । – यदि कोही व्यक्ति कतै गएर खाना खान लजाउँछ भने त्यस्ता व्यक्ति भोको नै रहन्छ जुन उसैलाई हानी हो । – राम्रो विद्यार्थी त्यो हो जो कुनै हिच्किचाहट आफ्नो गुरुबाट सबै प्रश्नको उत्तर पाउँछ । शिक्षा प्राप्त गर्न जो व्यक्ति लजाउँछ त्यो अज्ञानी नै रहन्छ । – यदि कसैको स्वभाव राम्रो छ भने उसलाई अरु गुणको के आवश्यकता छ र ? यदि कोही व्यक्तिसँग प्रसिद्धि छ भने उसलाई अरु कुनै श्रृङ्गारको आवश्यकता किन पर्छ र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप