बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गौरिकाको स्विमसुट च्यातिँदासमेत हिट चरणमा विजयी

सोमबार, २४ साउन २०७३, १२ : ४१
सोमबार, २४ साउन २०७३
  रियो दे जेनेइरो । रियो ओलम्पिक्सकी कान्छी प्रतिस्पर्धी नेपालकी गौरिका सिंहको रेस सुरु हुनुपूर्व स्विमसुट च्यात्तिएको खबर सार्वजनिक भएको छ । च्यात्तिएकै स्विमसुट लगाएरै पनि उनले आफ्ना दुई प्रतिद्वन्दीलाई हिट चरणमा उछिनेकी छिन् । १३ वर्ष २५५ दिनकी सिंह ओलम्पिक्समा भाग लिएका १० हजारभन्दा बढि एथलेट्समध्येकी कान्छी हुन् । लण्डनमा पढिरहेकी गौरिकाले आफ्नो नियमित कोच रिज गोर्मलेलाई रियोमा उपस्थित गराउन नसकेका कारण उनले उक्त दुर्घटनाबाट कसरी बच्ने भनी मोबाइलमार्फत सोधेको इन्डियनएक्सप्रेसले बताएको छ । ‘उनले मलाई उक्त अवस्थामा गर्नुपर्ने कार्यहरु मेसेजमार्फत निर्देशन दिइरहेका थिए, ’ गौरिकाले वल्र्ड प्रेसलाई दिएको अन्र्तवार्तामा बताइएको छ । ‘रेस सुरु हुनुपुर्व मेरो सुट च्यातियो त्यसकारण मैले त्यसलाई चेन्ज गर्ने कि नगर्ने भनेर मेरो कोचलाई सोधें । मैले च्यातिएको भागलाई माथि तान्न खोजिरहेको थिएँ, त्यतिबेलै मेरो नङ त्यहाँ अड्कियो ।’ स्विमसुट परिवर्तन गरिसकेपछि उनले आफ्नो हिटको तीन जनालाई उछिनेकी छिन् । तर महिलाको १०० मिटरको ब्याकस्ट्रोकमा केही प्रगती भने गर्न सकिनन् । ‘बोर्डमा मेरो समय हेर्दाको क्षण म निकै अचम्ममा परेको थिएँ,’ उनले भनिन् । गौरिका दुई वर्षको हुँदा नै उनी बेलायत गएकी थिइन् । विनाशकारी भूकम्पका बेला उनी काठमाडौंमै रहेको बताइएको छ । उनी त्यतिबेला पाँचतल्ले घरमाथि भएको र भूकम्पबाट बच्नका लागि उनी टेबलमुनी लुकेको बताएकी छिन् । ‘विनाशकारी भूकम्पबाट बाँच्न सफल भएकोमा म धेरै खुसी छु । यहाँ आउनु र देशलाई गौरवान्वित तुल्याउनु मेरो लागि सबैभन्दा ठूलो कुरा हो,’ गौरिकाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप