बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्कूलमा यस्ता देखिन्थे बलिउडका यी कलाकार, चिन्नुहुन्छ तपाईं ?

सोमबार, २४ साउन २०७३, १४ : २५
सोमबार, २४ साउन २०७३
बलिउडका बाल कलाकारले पनि लामो दुरी तय गरिसकेका छन् । बाल्यकालमा फिल्मको क्यामरा फेस गर्ने थुप्रै बाल कलाकार कोही हराए र कोही भने बलिउडमै स्टार भएर काम गरिरहेका छन् । बाल कलाकारको रुपमा काम गर्ने अहिलेका सेलिब्रिटीमध्ये आमिर खान पनि एक हुन् । आमिर खान: आमिर खानले बाल कलाकारको रुपमा आफ्नो डेब्यु सन् १९७३ मा फिल्म ‘यादों के बारात’ मा गरेका थिए । फिल्ममा उनले तारिकको बाल्यकालको रोल गरेका थिए । पछि उनले केतन मेहताको फिल्म ‘होली’ मा पनि काम गरे । मिस्टर ‘परफेक्सनिष्ट’ को नामले चर्चित आमिरले यहाँसम्म पुग्नका लागि निकै लामो दुरी तय गरेका थिए । जोया अफरोजः जोया अफरोजले बाल कलाकारको रुपमा आफ्नो डेब्यु सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम साथ साथ हे’ मा निलम कोठरीको छोरीको रुपमा गरेकी थिइन् । सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनले जोया फेमिना मिस इन्डियाको रनर अपको उपाधि हाँसिल गरिन् । आलिया भट्टः आलिया भट्ट सन् १९९९ मा महेश भट्टको फिल्म ‘संघर्ष’ मा देखिएकी थिइन् । उनी आजकाल विभिन्न फिल्महरुमा लिड रोलमा देखिने गरेकी छिन् । ऋतिक रोशनः ऋतिक रोशन नायक हुनकै लागि जन्मिएका थिए । सन् १९८० मा नै उनले यसको लागि काम सुरु गरिसकेका थिए । ‘आप के दिवाने’ र ‘भगवान दादा’ मा बाल कलाकारको रुपमा उनले काम गरेका थिए । सन् २००० मा आएको फिल्म ‘कहो ना प्यार हे’ मा आफ्नो डेब्यु गर्दै उनी स्टार भए । इमरान खानः बलिउडका आकर्षक स्टार इमरान खानले सन् १९९२ मा रिलिज भएको फिल्म ‘कयामत से कयामत तक’ मा आमिरको बाल्यकालको रोल प्ले गरेका थिए । १६ वर्षपछि ‘जाने तु या जाने ना’ मा आफ्नो डेब्यु गरेका उनी रातारात स्टार भए । संजय दत्तः संजय दत्तले सन् १९७२ मा आएको फिल्म ‘रेशमा र शेरा’ फिल्ममा बाल कलाकारको रुपमा काम गरेको धेरैलाई थाहा नहोला । पछि सन् १९८१ मा आएको ‘रकी’ बाट उनले आफ्नो करियरको सुरुवात गरेकी छिन् र तीन दशकसम्म बलिउडमा सिक्कस जमाएर राखे । जुगल हंसराजः सन् १९८३ मा ‘मासूम’ फिल्ममा बाल कलाकारको रुपमा आएका जुगल हंसराजको अभिनयले धेरैको मन मस्तिष्क छोएको थियो । सन् १९९४ मा ‘आ गले लग जा’ फिल्ममा उनले डेब्यु पनि गरे । नायकको रुपमा धेरै समयसम्म काम नगरी उनी निर्देशन तिर लागे । उर्मिला मातोंडकरः ‘मासूम’ मा जुगल हंसराजसँगै उर्मिला मातोंडकरले पनि आफ्नो डेब्यु गरेकी थिइन् । ९० को दशकमा उनी बलिउडमा सक्रिय भइन् र ‘रंगीला’, ‘एक हसिना थी’ र ‘कौन’ जस्ता फिल्ममा अभिनय गरिन् । सना सइदः बाल कलाकारमा चर्चित सना सइदले सन् १९९८ मा रिलिज भएको करण नोहरको फिल्म ‘कुछ कुछ होता हे’ मा काम गरेकी थिइन् । करणले उनलाई आफ्नो कलेज ड्रामा ‘स्टूडेन्ट अफ द इयर’ मा काम दिए । आफताब शिवदसानीः आफताब शिवदसानीले बाल कलाकारको रुपमा मिस्टर इन्डिया, चालबाज र शहंशाहमा बाम गरेका थिए । पछि उनी मस्त र कसूर फिल्ममा चर्चित भए । कुनाल खेमुः बाल कलाकार पछि नायकको रुपमा चर्चित भएका कुनाल खेमुले पनि निकै तारिफ बटुले । ‘राजा हिन्दुस्तानी’, ‘जख्म’ र ‘हम हे राही प्यार के’ मा बाल कलाकारको रुपमा आएमा खेमूले फिल्म ‘कलयुग’ मा आफ्नो डेब्यु गरे । आदित्य नारायणः ‘जब प्यार किसी से होता हे’, ‘परदेश’ र ‘ताल’ मा आदित्य नारायण ९० दशकमा निकै चर्चित भएका थिए । सन् २००९ मा ‘श्रापित’ फिल्ममा उनले आफ्नो डेब्यु गरे जुन धेरै चल्न सकेन । प्रज्ञान दस्तूरः ९० को दशकमा चर्चित फिल्म ‘कुछ कुछ होता है’ मा बाल कलाकारको रुपमा देखिएका प्रज्ञान दस्तूर निकै प्यारा बाल कलाकार थिए । पछि उनी फिल्म ‘परजानियाँ’ र ‘सिकन्दर’ म पाएका भूमिकामा उनले आफैंलाईै साबित गर्ने मौका पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप