बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पहिलो पटक चन्द्रमामा जाँदैछ एक प्राइभेट कम्पनी

सोमबार, २४ साउन २०७३, १५ : ३५
सोमबार, २४ साउन २०७३
चन्द्रमामा जानको लागि पहिलो पटक एक प्राइभेट मिसन सुरु हुने भएको छ । यो मिसनमार्फत अन्तरिक्षमा कोलोनी बनाउने कार्य सुरुवात हुँदैछ । द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार अमेरिकी सरकारले फ्लोरिडाको एक प्राइभेट कम्पनीलाई पृथ्वीको कक्षाभन्दा बाहिर चन्द्रमासम्म स्पेसक्राफ्टलाई पठाउने अनुमती दिएको छ । यस मिसनमा संलग्न कम्पनी, मून एक्सप्रेस, ले वासिङ मेसिन साइजको एक रोभरलाई चन्द्रमासम्म पठाउने आशा लिएको छ जुन चन्द्रमाको सतहमा फाल हाल्न सक्नेछ । फायरिंग इन्जिन पाङ्ग्रामा घुम्नुको साटो यसको चारैतर्फ फाल हाल्नेछ । ‘यदि तपाईं उड्न सक्नुहुन्छ भने किन घस्रने ?’ मून एक्सप्रेसका सिइओ बब रिचर्डले भने । मून एक्सप्रेसले आफ्नो शिपलाई आउँदो वर्ष अवतरण गर्न सक्छ जसले न्यूजिल्याण्डबाट उडान भर्नेछ । यसलाई जुन रकेटमार्फत पठाइन्छ त्यसको अहिलेसम्म परिक्षण गरिएको छैन । रिपोर्टका अनुसार कम्पनीलाई प्राविधिक रुपमा उडान भर्नका लागि अहिलेसम्म लाइसेन्स दिइएको छैन । तर सरकारको तर्फबाट यसले केही पनि हानी नगर्ने प्रमाणित गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप