बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

८ यस्ता रहस्य जुन अहिलेसम्म पनि सुल्झिएका छैनन्

मङ्गलबार, २५ साउन २०७३, १० : २९
मङ्गलबार, २५ साउन २०७३
यदि रहस्य उजागर भए त्यो रहस्य रहँदैन । रहस्यबारे जान्न हामीलाई ठूलो इच्छा हुन्छ । हाम्रा वरिपरि केही यस्ता रहस्य छन् जुन अहिले पनि सुल्झिन सकेका छैनन् । मृत्युको रहस्य र जीवनको उत्पत्तिको रहस्य अहिलेसम्म पनि कसैले जान्न सकेको छैन । हुन त मृत्यु र जीवनको बारेमा बताउनका लागि थुप्रै कथाहरु रचिएका छन् । हाम्रो जीवनमा हामीले दैनिक रुपमा धेरै कुराहरु देख्ने र सुन्ने गर्छौं । तीमध्ये यस्ता थुप्रै कुराहरु सामान्य हुन्छन् भने कुनै निकै अचम्मका । यदि तपाईं यी कुराहरुको वैज्ञानिक कारण जान्न चाहनुहुन्छ भने पनि तपाईंलाई विज्ञानले यसको उत्तर दिन सकेको छैन । आउनुहोस्, आज यही बारे जानकारी लिऔंः १. बरमूडा त्रिकोणको रहस्यः ‘डेथ ट्र्याप ट्राइंगल’ मा विमान र जहाज कसरी हराउँछन्, यो एक रहस्य बनेको छ । जो वैज्ञानिक यसको खोजीमा निस्किएका थिए उनीहरु बारे अहिलेसम्म केही जानकारी पाउन सकिएको छैन । यो पृथ्वीको सबैभन्दा ठूलो रहस्यमयी ठाउँ हो । २. आन्तरिक ज्ञानः के तपाईंलाई थाहा छ, तपाईंको अन्र्तमनको कुरा सधैं सही हुन्छ ? यो एक व्यक्तिको अन्र्तदृष्टिले कसरी काम गर्दछ भन्ने मनोवैज्ञानिकका लागि पनि रहस्यको विषय बनेको छ । ३. भूतः भूत छ कि छैन भन्ने बारेको बहस वर्षौंदेखि चलिआएको छ । विभिन्न अनुसन्धान गरिए तापनि यसबारे केही ठोस् प्रमाण फेला परेको छैन । विज्ञानले भूतको अस्तित्वलाई ठाडै अस्विकार गरेको छ तर धेरै मानिसहरुले भने आफूले भूतलाई देखेको बताउने गरेका छन् । ४. के एलियन्स छन् ? थुप्रै मानिसहरुले उडनतस्तर र एलियन्स देखेको बताउने गरेपनि उनीहरुको अस्तित्व अहिले पनि रहस्य नै छ । विज्ञानसँग पनि यसको कुनै जवाफ छैन । ५. चुम्बकको ध्रुवः यो पनि विज्ञानको एक नसुल्झिएको रहस्य हो । तपाईं चुम्बकलाई चाहे जतिसुकै सानो टुक्रा बनाउनुस् यसको उत्तरी र दक्षिणी धु्रव हुने नै गर्छ । ६. पंक्षीहरुको प्रवासः पंक्षीहरु कुनै विशेष मौसममा एक स्थानबाट अर्को स्थानमा किन जान्छन् त्यो कसैले पनि बुझेको छैन । उनीहरुसँग कुनै नेभिगेसन टूल पनि हुँदैन तर पनि उनीहरु त्यस ठाउँमा कसरी पुग्छन् ? यो सोचनीय छ । ७. जीव कसरी अक्सिजन बिना बस्न सक्छन् ? कुनै ब्याक्टेरिया र प्रजातिहरु अक्सिजन बिना नै जिउँदो रहन्छन् भन्ने के तपाईंलाई थाहा छ ? यी जीवहरु अक्सिजन नभएको स्थितीमा पनि जिउँदो हुने कुरा वैज्ञानिकहरुले पनि पत्ता लगाउन सकेका छैनन् । ८. हाई गर्नुः बोर हुँदा र थकान हुँदा हामी हाई गर्छौं । तर यसको कुनै तथ्यपरक जवाफ कोही सँग पनि छैन । यद्यपी मानिसहरुका अनुसार शरिरमा अक्सिजनको कमीका कारण यस्तो हुने गर्दछ । तर यसको कुनै प्रमाण छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप