बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लाखौंको गहना लगाएको बिरालो फरार, खोजी गर्न पूरा गाउँ उर्लियो

मङ्गलबार, २५ साउन २०७३, ११ : १४
मङ्गलबार, २५ साउन २०७३
भारतको सबैभन्दा ठूलो राज्य राजस्थानमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । गहनाले पूरै ढाकिएको बिरालो फरार हुँदा एक परिवारका सदस्य चिन्तामा परेका छन् । तपाईंलाई अचम्म लाग्यो होला गहना लगाएको बिरालोबारे यहाँ कुरा गर्दा । यस घटना पछाडि यस्तो कथा छ । इन्डियालाइभ टुडेका अनुसार फूलारामकी श्रीमती र उनका छोरीछोरीहरु घरभित्र खेलिरहेका थिए । खेल्ने क्रममा उनीहरुले आफ्नो पाल्तु बिरालोलाई भएभरका गहना लगाइदिएर फोटोसेसन गर्ने सोच बनाए । ‘बिरालोलाई श्रृङ्गार गर्न भन्दै ती आमाले आफ्नो नेकलेस, नथ्थी र अरु गहना लगाइदिइन्,’ नाम नबताउने सर्तमा एक गाउँलेले भने । बिरालोलाई आफ्ना भएभरका गहनाले ढाकेपछि उनीहरु फोटो खिच्न तयार भए । एक दुईवटा फोटो पनि खिचियो तर सुनको गहनाले सजिसजाउ बिरालो घरबाट फोटोसेसनको क्रममा एक्कासी भाग्यो । ‘हामीलाई उक्त घटनाबारे थाहा भयो र बिरालोलाई खोज्नका लागि पूरै गाउँ उर्लिएको छ तर कतै पनि पाउन सकिएको छैन । बिरालो पातलो हावामा बिलाएझैं भएको छ,’ अर्का एक गाउँलेले थपे । फूलारामले पुलिसलाई यसबारे जानकारी गराइसकेको बताइएको छ । पुलिसका अनुसार गहनाको लोभले बिरालोलाई कसैले समातेर राखेको हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप