बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फेसबुकमा अपमानजनक पोष्ट गर्नेलाई १ करोड ६० लाख जरिवाना !

मङ्गलबार, २५ साउन २०७३, १२ : ०५
मङ्गलबार, २५ साउन २०७३
अष्ट्रेलियामा एक व्यक्तिले फेसबुकमा अपमानजनक सामग्री पोष्ट गरेका कारण अदालतले १,५०,००० डलर (१ करोड ६० लाख रुपैयाँ) को जरिवाना तोकेको छ । उक्त फेसबुकमा पोष्ट गरिएको आक्षेपले एक होटल मालिकको जिन्दगी बर्बाद भएको थियो । मार्च २०१४ मा इलेक्ट्रिशियन डेभिड स्कटले फेसबुकमार्फत ‘ब्लू डल्फिन मोटेल’ का मालिक रोथलाई पेडोफाइल (बच्चामाथि यौन आकर्षित हुने व्यक्ति) को आरोप लगाएका थिए । जसका कारण रोथले दुईपटक ज्यान मार्ने धम्की पनि पाए । यही फेसबुक पोष्टका कारण उनको फोनमा अनेकौं अपरिचित नम्बरका घण्टी बज्न थाले । यति मात्र होइन उनलाई अज्ञात समूहले हमला गर्दा ६ महिना हस्पिटलसमेत बस्नुपर्यो भने उनको परिवारले आफू बस्ने स्टेट नै परिवर्तन गर्नुपर्यो । उनको जीवनको दुर्दशा यतिमा मात्र अन्त्य भएन, धम्कीका कारण उनले ब्यापार बिजनेस पनि छोड्नुपर्यो । यता डेभिड स्कटले आफू एक बुवा पनि भएको नाताले समूदायलाई चेतावनी दिने आफ्नो कर्तव्य भएको भन्दै आफ्नो बचाउ गरे । न्यायाधिस जुडिथले डेभिडलाई १ लाख ५० हजार डलर जरिवाना तोकेका छन् । धेरै मानिसले डेभिडमाथि तोकिएको जरिवाना अपुग भएको बताउँदै रोथलाई हमला गर्ने समूह र उनलाई बेकारमा फोन गर्ने व्यक्तिहरुलाई पनि सजायँ दिनुपर्ने माग राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप