बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रियो ओलम्पिकमा ‘बिकिनी Vs हिजाब’, संसारभरी भाइरल भए तस्बिर

मङ्गलबार, २५ साउन २०७३, १४ : १४
मङ्गलबार, २५ साउन २०७३
रियो ओलम्पिकमा सांस्कृतिक विभाजनको यो तस्बिर संसारभरी चर्चाको विषय बनेको छ । जर्मनी विरुद्ध बीच भलिबल खेल्ने उत्तरी इजिप्टका महिला खेलाडी पूरा शरिर ढाक्ने पहिरनमा देखिएका थिए । यो म्याचको हरेक दृश्य ओलम्पिकको चर्चित कहानीको रुपमा खडा भएको छ । टाउकोसमेत हिजाबले छोपेका नाडा मियावाड र डोआ इल्गोब्यासीले खेल्ने क्रममा लगाएको पहिरन जर्मनी प्रतिद्वन्दी लाउरा लुड्विग र किरा वाकेनहोर्सटको टु पिस बिकिनीभन्दा निकै फरक थियो । इन्टरनेसनल भलिबल फेडेरेसनले यस खेलको लागि ड्रेस कोड तय गरेको थियो तर सन् २०१२ को ओलम्पिकमा खेलका लागि पूरा बाउला भएका लुगा र लेगिंग लगाउने अनुमती दिइएको थियो । इजिप्टका खेलाडीले रिपोर्टरलाई बताए, ‘म १० वर्षदेखि हिजाब लगाइरहेकी छु तर यसले मलाई ती कुराहरुबाट टाढा राख्न सक्दैन जसलाई म माया गर्छु र बीच भलिबल योमध्ये एक हो ।’ इल्गोब्यासीले भनिन्, ‘मलाई गर्व छ कि म एउटा यस्तो देशमा आफ्नो झण्डा फहराइरहेकी छु जसमा संसारका थुप्रै देशहरु उपस्थित छन् ।’ दुबै समूहका यी तस्बिरहरु संसारभरको मिडियामा छाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप