बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

२० वर्षपछि दुई सुपरस्टार एकसाथ, तहल्का मच्चिने अनुमान

मङ्गलबार, २५ साउन २०७३, १४ : ५१
मङ्गलबार, २५ साउन २०७३
बलिउडमा यस्ता केही जोडीहरु छन् जसको बारेमा सुनरै मजा आउँछ । यस्तै एक जोडी छ संजय दत्त र माधुरी दिक्षितको । यद्यपी दुबैले धेरै फिल्म त खेलेका छैनन् तर जतिपनि खेले त्यसमा उनीहरुको केमेष्ट्री गज्जबको देखियो । फिल्म ‘थानेदार’, ‘साजन’ र ‘खलनायक’ त्यस्ता तीन फिल्म हुन् जसमा उनीहरुको केमेष्ट्रिले प्रशंसकहरुलाई आकर्षित गर्न सफल भएको थियो । खबर यहाँसम्मको थियो कि माधुरी दीक्षित र संजय दत्त निकै नजिकका साथी बनिसकेका थिए तर सन् १९९३ को मुम्बई ब्लाष्टले उनीहरुबिच सबै कुरा परिवर्तन गरिदिएको थियो । विधु विनोद चोपडाले ‘मार्को भाऊ’ नामक फिल्मका लागि माधुरी दीक्षितलाई अप्रोच गरिरहेका छन् । यतिमात्र होइन, माधुरी दीक्षितले विधुको फिल्म ‘परिन्दा’ मा काम गरिसकेकी छिन् त्यसकारण फिल्मको लागि माधुरीको सकारात्मक उत्तर आउने अनुमान गरिएको छ । विधु विनोद धेरैजसो विवादास्पद मानिसहरुलाई पर्दामा ल्याउने गर्दछन् । यस्तोमा मार्को भाउका लागि उनको यो तरिका कत्तिको काम लाग्नेछ त्यो भने हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप