बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सपनाको सबैभन्दा राम्रो पलभन्दा ठिक अगाडि हामी किन ब्यूँझन्छौं ?

मङ्गलबार, २५ साउन २०७३, १५ : ३९
मङ्गलबार, २५ साउन २०७३
के तपाईंले कहिले सोच्नुभएको छ, कुनै मिठो सपना देखिरहेका बेला त्यो सपनाको सबैभन्दा राम्रो पल नजिक आउँदा तपार्ईंको आँखा किन खुल्छ ? यसबारे धेरै मानिसहरुलाई यसको कारण थाहा छैन । सपनाको सबैभन्दा राम्रो पललाई हामी किन मिस गर्छौं भन्ने बारे आज हामी तपाईंलाई बताउँदैछौं । सपनाको सबैभन्दा राम्रो पलको आसपास पुग्दा निन्द्रा टुट्दा हामी सबैलाई रिस उठ्छ । यसलाई ल्यूसिट ड्रिम भनिन्छ । सबैभन्दा राम्रो पल आउनै लाग्दा हाम्रो धड्कन बढ्छ । सपनामै पनि हामी त्यो पलमा जान आतुर हुन्छौं तर धड्कन बढेका कारण हाम्रो आँखा खोलिहाल्छ । सपना देखिरहेका बेला हामी यस्तो पलको करिब पुग्दा हामी विपरित लिङ्गीलाई आफ्नो अगाडि पाउँछौं । यस्तो प्रकारको स्थिती ६० प्रतिशत सपनामा हुन्छ । यसको पछाडि वैज्ञानिक कारण पनि रहेको छ । क्योरा वेबसाइट प्रयोग गर्ने रोस केल्विनले यो विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार सपनाको क्रममा हाम्रो दिमागमा आरइएम र एनआरइएम नामको हलचल हुन्छ । कुनै सपना पूरा हुनैलाग्दा हाम्रो आरइएम (र्यापिड आई मुभमेन्ट) सक्रिय हुन्छ । यही कारणले हाम्रो आँखा खुल्छ । एनआरइएम (नन– र्यापिड आई मुभमेन्ट) को क्रममा हामी कम महत्वपूर्ण सपना निकै सजिलै देख्छौं । एनआरइएमको दौरान दिमाग धेरै सक्रिय हुँदैनन् जसका कारण हामी कम महत्वपूर्ण सपनालाई तुरुन्त बिर्सने गर्दछौं । तर आरइएम भएका कारण धेरै महत्वपूर्ण सपना अधुरै हुँदा रिसाउने गर्दछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप