सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुडो खेलाडी फुपूल्हामु रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन्

बुधबार, २६ साउन २०७३, ०० : १२
बुधबार, २६ साउन २०७३
काठमाडौँ – नेपालको जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । बाज्रिलको रियोमा आज भएको ६३ किलो तौल समूहको खेलमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग ११–० ले पराजित भइन् । ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी खत्री प्रतियोगितामा पूरै ४ मिनेट म्याटमा टिकेकी थिइन् । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी खत्रीले क्युबाली खेलाडीलाई पराजित गर्न सकेको भए अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्ने थिइन् । उक्त स्पर्धामा ३६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप