सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ठमेलमा ५४ बर्षीय साउदी अरेवियनले १६ वर्षीया नेपाली युवतीलाई जबर्जस्ती करणी गर्न खोजेपछि...

बुधबार, २६ साउन २०७३, २० : ४०
बुधबार, २६ साउन २०७३

काठमाडौं– साउदी अरेबिया जान चाहने नेपाली कामदारसँग अन्तर्वार्ता लिन आएका ५४ वर्षीय सिद्धीकी ईब्राहिम हसन जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

मंगलबार राती १६ वर्षीया नेपाली युवतीलाई ठमेलस्थित होटल ताईमामा जबर्जस्ती करणी गर्न गर्न खोजेको उजुरीपछि महानगरीय प्रहरी वृत लैनचौरले उनलाई पक्राउ गरेको हो । ‘हसनले जबर्जस्ती करणी गर्न खोजेपछी युवतीले आत्तिएर १०० मा फोन गरेपछि हामीले होटल ताईमा बाट उद्धार गरेका थियौं’ महानगरीय प्रहरी वृत लैनचौरका डिएसपी सोमेन्द्र सिंह राठौरले भने, ‘सम्माननिय जिल्ला अदालत काठमाडौंबाट मानव बेचविखन बिरुद्धको म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ एक साताअघि मात्र नेपाल आएका हसनले पाँच हजार दिन्छु भन्दै ताईमा होटलका कामदार दिपक माझीलाई बीस बर्षमुनिको सेक्स पार्टनर खोज्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हसनले युवती खोजिदिएबापत दिपकलाई नेपाली पाँच सय रुपैयाँ दिने बचन दिएका थिए । सोही अनुसार काभ्रे स्थायी घर भएका माझीले युवतीलाई  प्रभावमा पारेर  हसन समक्ष पुर्याएका थिए । होटलको कोठामा लगेर हसनले युवतीलाई जबर्जस्ती गर्न खोजेपछि भने उनले आत्तिएर प्रहरीलाई खबर गरेकी थिइन् । मध्यरात युवती उद्धार गर्न होटल ताईमा पुगेको प्रहरी टोलीले हसन सहित बिस वर्षीय दिपक माझीलाई पनि पक्राउ गरेको छ । हसनको साथबाट प्रहरीले १७२१६८३ नम्बरको साउदी अरेवियन राष्ट्रिय पासपोर्ट फेला परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप