सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भालुको पित्तसहित भारतीय पक्राउ

बुधबार, २६ साउन २०७३, २२ : २७
बुधबार, २६ साउन २०७३
बैतडी – भालुको पित्तसहित दार्चुलामा आज दिउँसो एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ ग्राम दरठाना धारचुलाका चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । दरियाललाई दार्चुलाको अपि नगरपालिका–११ पुलघाटस्थित जाँच चौकीमा जाँचका क्रममा दिउँसो ३४.७० ग्राम अवैध भालुको पित्तसहित पक्राउ गरिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप