सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आमाको हत्या गरेर फरार नेपाली ५ दिनपछि पक्राउ

बुधबार, २६ साउन २०७३, २२ : ३२
बुधबार, २६ साउन २०७३
तनहुँ – आमाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको छ । जिल्लाको क्यामिन–६ निवासी ७० वर्षीया पुतली नेपालीको हत्या गरी फरार रहेका ४० वर्षीय छोरा देवबहादुर नेपालीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । हत्यापछि फरार रहेका देवबहादुरलाई लमजुङको मध्यनेपाल नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । शिशाघाट प्रहरी चौकीका प्रहरी हवल्दार इन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको प्रहरी टोलीले देवबहादुरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । देवबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप