बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रियो ओलम्पिकको पहिलो रेकर्डः खेलमैदानमै समलिङ्गीको प्रेम प्रस्ताव र स्विकार

बिहीबार, २७ साउन २०७३, १० : ५१
बिहीबार, २७ साउन २०७३
रियो डि जेनेरियो । ब्राजिलको महिला रग्बी खेलाडी इसादोर सेरुलो ओलम्पिककी पदक बिजेता त भइनन् तर उनले आफ्नो जीवनको महत्वपूर्ण पाटोको युद्ध भने ओलम्पिककै प्राङ्गणमा जितिन् । खेल पछिको पदक वितरण समारोहको क्रममा इसादोरालाई उनकी प्रेमिकाले प्रेम प्रस्ताव गरिन् जसलाई उनले स्विकार गरेकी छिन् । सन् २००३ देखि समलिङ्गी विवाह वैधानिक भएको देश ब्राजिलका इसादोरा र उनकी प्रेमिका मार्जिओरी एन्याले एक अर्कालाई प्रस्ताव पछि चुम्बन गरे । २५ वर्षकी एन्या रियो ओलम्पिककी स्टेडियम म्यानेजर हुन् । इसादोराको प्रेम प्रस्ताव मार्जिओरीले स्विकार गरेपछि उनले औंठी तत्काल नभएका कारण रिंग फिंगरमा रिबनको टुक्रा बाँधिदिएकी छिन् । त्यहाँ उपस्थित सबै मानिसहरुले उनीहरुको यो पललाई आफ्नो क्यामरामा कैद गरे र उनीहरुको प्रेमलाई जोडतोडका साथ स्वागत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप