बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भारतमा रेलभित्रको सबैभन्दा ठूलो चोरीः गुडिरहेको रेलबाट ९ करोड गायब

बिहीबार, २७ साउन २०७३, १२ : ३९
बिहीबार, २७ साउन २०७३
साउन २७ तमिल नाडु – भारतको तमिल नाडुमा अनौठो चोरी भएको छ । चोरहरुले गुडिरहेको रेलबाट ९.२ करोड बराबरको पूरानो नोट चोरी गरेका छन् । रेलभित्र राखिएका २ सय बाकस पूरानो र बिग्रिएको बैंकका नोटलाई रेलको छानोमा प्वाल पारेर चोरिएको बताइएको छ । चोरहरु रेलभित्रै लुकेका थिए वा उनीहरु रेल गुडिरहेकै बेला त्यहाँ पसेका थिए भन्ने बारे पुलिसहरु अझै निश्चित हुन सकेका छैनन् । सालेम टाउनदेखि चेन्नईसम्मको यात्रामा रहेको रेलबाट सोमबार रातीदेखि मंगलबार बिहानसम्मको समयमा भएको चोरीमा ६ देखि ७ जनाका लूटेरा हुनसक्ने अनुमान पुलिसले गरेको छ । सुरक्षाको घेरामा रहेका ती रकम भारतको सेन्ट्रल बैंक, रिजर्भ बैंक अफ इन्डियाको स्वामित्वका हुन् । यसलाई चेन्नईमा नष्ट गर्न लगिएको थियो । चेन्नई पुगेपछि जब उनीहरुले आधिकारीक छाप फुटाए तब पैसाको बाकसलाई फुटाइएको र रेलको छानो काटिएको पाए । ‘रेलमा कुनै किसिमको आवाज आएको थियो थिएन भन्ने बारे हामीले रेलको सुरक्षागार्ड र पुलिस अधिकारीसँग कुराकानी गरिरहेका छौं, ’ प्रहरी अधिक्षक पी. विनयकुमारले एफपीलाई बताए । रेल चेन्नईमा राखिएको र यस विषयमा अनुसन्धान जारी रहेको बीबीसीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप