बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीकी मोडल बनिन् ‘क्राइम क्विन’, मानिसहरुलाई यसरी बनाउँथिन् कंगाल

बिहीबार, २७ साउन २०७३, १३ : ३७
बिहीबार, २७ साउन २०७३
नयाँ दिल्ली । कुनैबेला र्याम्पको दुनियाँमा चर्चित बन्ने गरेकी एक मोडल अहिले अपराध दुनियाँकी ‘क्विन’ को रुपमा चर्चित भएकी छिन् । स्रोतका अनुसार यी मोडल यति चलाख छिन् कि उनले जो कोहीलाई पनि आफ्नो जालमा फसाएर बर्बाद बनाउने गर्दछिन् । दिल्लीको नन्दनगरी इलाकामा बस्ने वैशाली राजौरिया वास्तवमा आफ्नो करियरमा अगाडि बढ्न चाहन्थिन् तर उनको क्रियाकलाप यस्तो रह्यो कि उनी बदनाम संसारमा चर्चित भइन् र अहिले जेलभित्र आफ्नो दिन कटाइरहेकी छिन् । वैशालीले इन्टरनेटको प्रयोग गर्दै आफ्नो ड्राइभरको सहयोगले धेरै मानिसहरुलाई आफ्नो जालमा पारिसकेको स्रोतले दाबी गरेको छ । वैशालीको निशानामा धेरैजसो महिला र वृद्धवृद्धा पर्ने गर्दछन् । उनको मानिसहरुलाई लुट्ने तरिका भिन्न छ । महिला र वृद्धवृद्धालाई एटिएमबाट पैसा निकाल्न सहयोग गर्ने बहानामा उनले विभिन्न व्यक्तिहरुको एटिएम कार्डको पिन नम्बर हेर्ने गर्दथिन् । पछि एटिएम मेसिन बिग्रिएको बताउँदै उनीहरुको कार्ड परिवर्तन गरिदिन्थिन् । ती व्यक्तिहरु जाने बित्तिकै त्यही बुथमा गएर उनीहरुको सबै पैसा निकालिदिन्थिन् । अहिलेसम्म थुप्रै मानिसहरु यी मोडलको शिकार भइसकेका छन् तर पछिल्लो घटनाले भने उनलाई पुलिसको पकडमा पार्न सफल बनायो । स्रोतका अनुसार आफ्नो अर्को शिकारको लागि वैशाली एटीएम बूथ बाहिर बसिरहेकी थिइन् त्यतिबेलै एक पीडित महिलाले आफूलाई धोका दिने वैशालीलाई चिनिन् र यसबारे पुलिसलाई जानकारी दिइन् । तत्पश्तात, पुलिसले वैशाली र उनका ड्राइभरलाई पक्राउ गरे र कडा सोधपुछ पछि उनले आफूले दिल्लीमा गरेको थुप्रै घटनाबारे पुलिसलाई जानकारी दिइन् । पुलिसलाई उनले चोरी गर्नुको उद्देश्य पनि बताइन् । उनका अनुसार आफ्नो नीजि आवश्यक पुरा गर्नका निम्ति उनले चोरी गरेकी हुन् । विभिन्न ब्यूटी कन्टेस्ट र इभेन्टमा भाग लिने यी मोडलले फिल्ममा आफ्नो नाम कमाउने उद्देश्य राखेकी थिइन् । तर उनले यसमा सफलता पाउन सकिनन् । आफ्नो नीजि आवश्यक पुरा गर्न र स्टारडमसम्म पुग्नका लागि उनले त्यो बाटो रोजिन् जसले उनलाई ग्ल्यामरको चकाचौंधसम्म त होइन जेलको यात्रा तय गर्न भने सहयोग गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप