बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बराक हुसेन ओबामा आइएसआइएसका संस्थापक हुन्ः डोनाल्ड ट्रम्प

बिहीबार, २७ साउन २०७३, १५ : ०३
बिहीबार, २७ साउन २०७३
गणतान्त्रिक राष्ट्रपतीय चुनावका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बराक ओबामालाई इस्लामिक स्टेटको संस्थापक भएको आरोप लगाएका छन् । ट्रम्पले फ्लोरिडको फोर्ट लडरडेलमा भएको प्रचार र्यालीको क्रममा उनले राष्ट्रपति ओबामालाई अरु थुप्रै विषयमा राष्ट्रपति ओबामा सम्मान गर्ने बताउँदै उनीमाथि यस्तो आरोप लगाएका हुन् । ‘आइएसआइएसले ओबामालाई सम्मान गर्दैछ,’ ट्रम्पले भने । ‘उनी आइएसआइएसका संस्थापक हुन् । उनले नै आइएसआइएसलाई जन्माएका हुन् । र यसका सह–संस्थापक हुन् धुर्त हिलारी क्लिन्टन ।’ पूर्व रियालिटी टीभी स्टार ट्रम्पले ओबामालाई उनको पूरा नाम ‘बराक हुसेन ओबामा’ भनी सम्बोेधन गर्दै उनी आइएसआइएसका संस्थापक भएको दाबी बारम्बार दोहोराए । ट्रम्पले इराकबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने ओबामाको घोषणालाई कडा आलोचना गरे । ओबामा थुप्रै आलोचकको भनाई अनुसार यो निर्णयले एउटा यस्तो अस्थिरता पैदा गरेको छ जसमा आइएसजस्ता चरमपन्थी समूह फैलिरहेको छ । ह्वाइट हाउसले ट्रम्पको आरोपमा टिप्पणी गर्न अस्विकार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप