बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाली एथलेटको सेल्फीः होला त मृत्युदण्ड ?

बिहीबार, २७ साउन २०७३, १५ : ५७
बिहीबार, २७ साउन २०७३
उत्तर र दक्षिण कोरियाली जिम्नाष्टले ओलम्पिकमा लिएको सेल्फीका कारण होंग उन–जोंगले शत्रुसँग मित्रवत् व्यवहार गरेको आरोपमा सजायँ पाउने हुन् कि भन्ने धेरैले अनुमान गरिरहेका छन् । तर उत्तर कोरियाका विश्लेषक र खेल प्रशंसक माइकल म्याडनले यस्तो हुने सम्भावना कमै भएको जानकारी दिए । उत्तर कोरियाले सन् १९८० देखि ‘खेल कुटनीति’लाई राष्ट्रिय नीतिको रुपमा लागु गर्दै आएको छ । बीबीसीका अनुसार राजनीतिक रुपमा अलग्गिएको उत्तर कोरियाले यही एक गैह्र राजनीतिक नीतिमार्फत संसारका अरु देशहरुसँग अन्र्तक्रिया गर्ने गरेको छ । कसैले यो तस्बिरलाई ‘प्रोपोगान्डा’ को रुपमा लिएका छन् । वास्तवमा उत्तर कोरियाले सार्वजनिक सम्बन्ध कुटनीतिका केही अवसरको पालना गरिरहेको हो । कोरियाली समूहलाई सन् २०००, २००४ र २००८ को समर ओलम्पिकमा संयुक्त रुपमा पठाउनका लागि उत्तर कोरियाले सियोलसँग समन्वय गरेको थियो । यद्यपी यसबारे केही समाचार सार्वजनिक भएका छैनन् । विभिन्न राष्ट्रहरु समावेश भएको देशहरुका अगाडि आफ्नो देशलाई एथलेटमार्फत चिनाउनु उत्तर कोरियाको लागि यो एउटा अवसर पनि हो । दक्षिण कोरियाकी लि उन–जुनसँग फोटो खिचेका कारण उत्तर कोरियाकी हंगले मृत्युदण्ड वा कुनै सजायँ पाउने भन्ने कुरा हल्ला मात्र भएको दाबी गरिएको छ । यसलाई पुष्टि गर्नका लागि एउटा उदाहरणसमेत दिइएको छ । हंगले सन् २०१४ मा अमेरिकाकी जिम्नाष्ट साइमोन बाइल्सलाई अन्र्तर्राष्ट्रिय प्रतिस्पर्धामा अंगालो मारेर फोटो खिचेकी थिइन् । त्यतिबेला पनि ठूला शत्रु रहेको अमेरिकाको नागरिकसँगै फोटो खिचेका कारण हंग उन जोंगले अब कहिले पनि रियो खेलमा भाग लिन नपाउने अनुमान मानिसहरुले गरेका थिए । तर त्यस्तो भएन । बिजेता एथलेट घर फर्कदा उनीहरुलाई निकै सम्मान दिइन्छ । उनी पनि उत्तर कोरियाको मिडियामा हेडलाइन बनिरहेकी छिन् । उनीहरुलाई राज्यले उपाधि दिनुका साथै उत्तर कोरियाली सरकारले विभिन्न पदकसमेत प्रदान गर्दछ । योग्य एथलेटलाई सन् २०१३ मा परिवारका अन्य सदस्यसँगै निकै राम्रो अपार्टमेन्टको सुविधा उत्तर कोरियाली सरकारले प्रदान गरेको थियो । खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेलाई उत्तर कोरियाको आन्तरिक सरकारी मिडियामा उत्कृष्ट स्थान दिइन्छ । सफल एथलेट्सका डकुमेन्ट्री, ड्रामाटिक फिल्महरु समेत बनाइन्छ । सन् २०११ मा किम जोङ– उन सत्तामा आइसकेपछि उनले खेल र खेल कुटनीतिमा विशेष जोड दिने गरेका छन् । उनकै पहलमा उत्तर कोरियामा प्रतिस्पर्धाका स्थानहरु बनाइए, अभ्यासका लागि सेवा सुविधा प्रदान गरियो । र यो प्रक्रियाका लागि जनशक्ति र वित्तिय स्रोतसाधनहरु जुटाइयो । उत्तर कोरियाली एथलेट्स र खेलाडीका समूहलाई उनी आफैंले विभिन्न ब्याङ्क्वेट, रिसेप्सन र व्यक्तिगत अन्र्तक्रियाहरु होस्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप