बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘म समलिङ्गी भएका कारण मेरो बुवाले आत्महत्या गर्नुभयो’

शुक्रबार, २८ साउन २०७३, १२ : ५१
शुक्रबार, २८ साउन २०७३
टीन वुल्फका स्टार कोल्टन हेनिसले आफू समलिङ्गी भएका कारण उनका बुवाले आत्महत्या गरेको बताएका छन् । आउट म्यागजिनको सेप्टेम्बर अंकका लागि दिएको अन्र्तवार्तामा उनले सो कुराको खुलासा गरेका हुन् । २८ वर्षीय कोल्टनले आफ्नो समलैङ्गीकताका बारे आफू १४ वर्षको हुँदा परिवारलाई बताएका थिए । ‘संसारभरीको म अन्तिम व्यक्ति हुनेछु जसले भन्नेछ, ‘मेरो बुवा, मलाई दया गर्नुहोस्’ । तर मलाई बताइयो कि मेरो बुवाले आफैंले आफैलाई मार्नुको कारण म समलिङ्गी भएको कारणले हो, ’ कोल्टनले भने । डेली मेलको अनुसार उनको बुवाको मृत्युपछि उनका आमा र दाजुभाइ उनको बुवाको सामानहरु लिन गएका थिए र उनीसँग कोल्टनको एउटै मात्र तस्बिर भेटियो जुन उनी आठ कक्षा पढ्दा बेला खिचेका थिए । उनका बुवा विलियमले सातवटा विवाह गरे । कोल्टनकी आमा डानासँग सम्बन्धविच्छेद भएपछि यी बाबु छोराको सम्बन्ध खासै नजिक भएन । उनका बुवाले ४० वटा पिल्स खाएर आत्महत्या गरेको खबर उनलाई नजिकका आफन्तले सुनाए । कोल्टनले आफू समलिङ्गी भएको कुरा पहिले नै थाहा भएको तर आफ्नो करियरको लागि त्यो वास्तविकतालाई सबैबाट लुकाएको बताए । ‘मैले आफ्नो पहिचान धेरै सम्मको लागि लुकाउनु पर्दा मलाई निकै नराम्रो लागेको छ । तर मैले यसो गरे मात्र सफलता पाउने भन्ने जानकारी दिइयो । जब तपाईं कुनै क्षेत्रमा नयाँ हुनुहुन्छ भने धेरै मानिसहरुले तपाईंबाट फाइदा लिन्छन् र तपाईंले जे सपना देख्नु भएको छ, त्यो सजिलै पूरा हुन्छ भनेर पनि आश्वासन दिन्छन्,’ अभिनय सिक्नका लागि १७ वषको उमेरमा लस एन्जलस आएका कोल्टनले बताए । कोल्टनले आफ्नो पहिचान बारे मे महिनामा पहिलो पटक जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप