बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘ट्युबलाइट’ मा १८ वर्ष कान्छी चीनियाँ नायिकासँग प्रिती गाँस्दै सलमान

शुक्रबार, २८ साउन २०७३, १४ : ०९
शुक्रबार, २८ साउन २०७३
नयाँ दिल्ली । सलमान खानको आउँदो फिल्म ‘ट्युबलाइट’ मा कुनै भारतीय मूलका नायिका नभई चीनियाँ नायिकाले अभिनय गर्ने भएकी छिन् । यही फिल्मबाट यी चीनियाँ नायिकाले बलिउड फिल्मी संसारमा पाइला टेक्दै छिन् । झू झू नामकी यी चीनियाँ नायिकाले थुप्रै फिल्ममा काम गरिसकेकी छिन् । उनी गायिका र टीभी होस्ट पनि हुन् । कबिर खानद्वारा निर्देशित यो फिल्मको सुटिङ लद्दाखमा चलिरहेको छ । उनले केही दिन पहिले मात्र लद्दाखमा सुटिङ सुरु गरेकी छिन् । झु झुले आफ्नो इन्स्टाग्राममा लद्दाखका केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । उनी निकै स्तरीय गायिका पनि हुन् । उनले थुप्रै एल्बमहरु समेत रिलिज गरिसकेकी छिन् । सलमान र झुझु स्टारर यो फिल्म आउँदो वर्ष रिलिज हुने बताइएको छ । सलमानकी यी नायिकाको उमेर ३२ वर्षको छ । उनी सलमानभन्दा १८ वर्ष कान्छी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप